सामसुंगको ग्यालेक्सी ट्याब ए ९.७ सार्वजनिक, १ सय जीबी स्टोरेज निशुल्क

Technology Khabar ११ श्रावण २०७२, सोमबार

सामसुंगको ग्यालेक्सी ट्याब ए ९.७ सार्वजनिक, १ सय जीबी स्टोरेज निशुल्क

काठमाडौं ।

काठमाडौं, ११ साउन । सामसुंगले मिडरेन्जको नयाँ ग्यालेक्सी ट्याबलेट बजारमा सार्वजनिक गरेको छ । कम्पनीले नयाँ ट्याबलेटलाई सामसुंग ग्यालेक्सी ट्याब ए ९.७ (Galaxy Tab A 9.7) नाममा कम्पनीको वेबसाइटमा लिष्ट गरिएको छ । खरिदकर्ताले यो ट्याबलेट रिटेल स्टोर्सबाट पनि खरिद गर्न सक्नेछन् ।

कम्पनीले नयाँ ट्याब ए ९.७ को खरिदमा विभिन्न अफरहरुपनि दिएको छ । यो ट्याब प्रयोगकर्ताले वान ड्राईभमा २ वर्षका लागि एक सय जीबीको स्टोरेज स्पेस प्राप्त गर्नेछन् । यसका साथै यो ट्याबलेटको साथमा एस पेन पनि प्राप्त गर्न सक्नेछ । यो एस पेनले क्यालीग्राफी फीचर पनि सपोर्ट गर्दछ ।

यो ट्याबमा ९.७ इन्चको स्क्रीन रहेको छ । जुन यसभन्दा अगाडि सार्वजनिक एरिएको ट्याब ए को साईज भन्दा केहि ठूलो हो । यसअघि बजारमा आएको ट्याब ए को साईज ८ इन्च मात्र रहेको थियो ।

ग्यालेक्सी ट्याब ए ९.७ मा १०२४X७६८ पिक्सेल रिजोल्यूशन क्वालिटी सपोर्ट गर्दछ ।

यो ट्याबको सबैभन्दा ठूलो कमजोरी भनेको यसमा कनेक्टिभिटीका लागि वाईफाई मात्र सपोर्ट गर्दछ । सामसुंगको नयाँ ट्याब एन्ड्रोयडको ललीपप ५.० मा आधारित रहेको काम गर्दछ ।tab-9_7_1

यो ट्याबलेटमा १.२ गीगाहर्जको क्वाड कोर प्रोसेसर राखिएको छ । यसमा २ जीबीको र्याम तथा १६ जीबीको इन्टरनल मेमोरी राखिएको छ, जसलाई माइक्रो एसडी कार्डद्धारा १२८ जीबीसम्म पुर्याउन सकिन्छ । यो ट्याबलेटमा ६,००० एमएएच पावरको ब्याट्री रहेको छ ।

ग्यालेक्सी ट्याब ए ९.७ मा ५ मेगापिक्सेलको रियर क्यामरा तथा २ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । यसमा ब्लूटूथ, माइक्रो यूएसबीलगायतका अप्शन रहेका छन् ।
कम्पनीले यो ट्याबको मूल्य ३९९ यूरो तोकेको छ ।

easy care

प्रकाशित: ११ श्रावण २०७२, सोमबार

ताजा समाचार