सन् २०१५ दोस्रो चाैमासीकमा पर्सनल कम्प्यूटरको निर्यातमा ९‍.५ प्रतिशतले गिरावट

Technology Khabar २७ असार २०७२, आईतवार

सन् २०१५ दोस्रो चाैमासीकमा पर्सनल कम्प्यूटरको निर्यातमा ९‍.५ प्रतिशतले गिरावट

काठमाडौं ।

काठमाडौं, २७ असार । विश्वको पर्सनल कम्प्यूटर निर्यात सन् २०१५ को दोस्रो चौमासीकमा घटेको तथ्यांक सार्वजनिक भएको छ । सन् २०१५ को दोस्रो चौमासीकमा सन् २०१४ को दोस्रो चौमासीकको तुलनामा पर्सनल कम्प्यूटरको निर्यात ९ दशमलब ५ प्रतिशतले घटेको अनुसन्धान संस्था गार्टनरले जनाएको छ ।

गार्टनरका अनुसार यो वर्षको पहिलो चौमासीकमा ६८.४ मिलियन यूनिट निर्यात भएको जनाएको छ । यो सन् २०१३ को तेस्रो क्वाटरपछि पर्सनल कम्प्यूटरको निर्यातमा सबैभन्दा धेरै कमी आएको बताईएको छ ।

सन् २०१५ को दोस्रो चौमासीकमा पर्सनल कम्प्यूटरको निर्यातमा कमी आउनुमा धेरै कारण भएको गार्टनरको विश्लेषणमा उल्लेख छ । यसमध्ये निर्यात घट्नुमा मूख्य तीनवटा कारण महत्वपूर्ण भएको बताईएको छ । विश्लेषणअनुसार पहिलोमा पर्सनल कम्प्यूटरको बजार संरचनामा कुनै परिवर्तन नगर्नु पहिलो कारण भएको छ । जसले गर्दा यो उद्योगमा गिरावट आएको छ । तर बजारले पुन विस्तारै गति लिने र सन् २०१६ मा वृद्धि हुने अपेक्षा गरिएको छ ।MobilesKhabar_001

अमेरिकी डलरको मूल्यमा भएको वृद्धिले पर्सनल कम्प्यूटरको मूल्यमा वृद्धि हुनु केहि कारण भएको गार्टनरका मूख्य विश्लेषक मिकाको किटागावाले बताए ।

तथ्यांकअनुसार लेनोभा विश्वव्यापि पर्सनल कम्प्यूटर निर्यातमा पहिलो स्थानमा छ । तर सन् २०१३ को दोस्रो क्वाटरपछि कम्पनीले पहिलो पटक निर्यातमा कमी भएको समस्या भोगेको छ । यसमा ल्याटिन अमेरिका तथा जापान लेनोभोको लागि सबैभन्दा चुनौतीपूर्ण बजार भएको छ, जहाँ कम्पनीले दोहोरो अंकको गिरावट भोगेको छ ।

हेवलेट प्याकार्ड एचपीले पनि पर्सनल कम्प्यूटरको निर्यातमा पाचौं चौमासीकमा लगातार कमी गिरावट आएको महशुस गरेको छ । एचपीले पनि मूद्राको प्रभावले निर्यातमा कमी आएको देखाएको छ ।

अर्को कम्पनी डेलले पनि दोस्रो चौमासीकमा लगातार कम्प्यूटर निर्यातमा गिरावट आएको अनुभव गरेको छ । तर डेलले अन्य दुई कम्पनीभन्दा कम समस्या मात्र भोगेको तथ्यांकमा उल्लेख छ ।

सन् २०१५ को दोस्रो चौमासीकमा अमेरिकी बजारमा १५.१ मिलियन यूनिट कम्प्यूटर निर्यात भएको छ, जून सन् २०१४ को दोस्रो चौमासीकको तुलनामा ५.८ प्रतिशत हो ।

सन् २०१५ को दोस्रो चौमासीकमा अमेरिकी बजारमा एचपीले पहिलो स्थान ओगटेको भएपनि १०.१ प्रतिशतको कमी देखिएको छ ।

त्यसैगरी एशिया प्याशिफिकममा दोस्रो चौमासीकमा पर्सनल कम्प्यूटर २४.२ मिलियन यूनिट निर्यात भएको छ, जुन २.९ प्रतिशतले अघिल्लो सोहि अवधिको तुलनामा कम हो । डिजीटाइम्सबाट

easy care

प्रकाशित: २७ असार २०७२, आईतवार

ताजा समाचार