Technology Khabar १२ माघ २०७१, सोमबार
काठमाडौं ।
काठमाडौं, १२ माघ । कोरियाली मोबाइल फोन निर्माता कम्पनी सामसुंगले भारतमा सस्तो स्मार्टफोन जेड वन (Z1) उत्पादन गर्ने भएको छ । सामसुंगले भारतमा टाइजेन (Tizen) मा आधारित स्मार्टफोन जेड वनको उत्पादन गर्ने भएको हो ।
सामसुंगले टाइजेनमा आधारित स्मार्टफोन जेड वन केहि महिना अघि विश्व बजारका लागि भारतमा पहिलो पटक सार्वजनिक गरेको थियो । सस्तो मूल्यमा स्मार्टफोख खरिद गर्ने बजारलाई ध्यानमा राखेर कम्पनीले १ सय डलरभन्दा कम मूल्यमा स्मार्टफोन बनाउने उदेश्यसहित यो बजेट स्मार्टफोन सार्वजनिक गरेको हो ।
सामसुंगको नोयडामा रहेको कारखानामा कम्पनीले जेड वन स्मार्टफोनको उत्पादन गर्ने बताईएको छ । सामसुंगका भारतका लागि भाइस प्रेसिडेन्ट अफ मार्केटिङले यो समाचारको बारेमा सुनिश्चित गरेको टेक साइट जिएसएमएरेनाले जनाएको छ ।
सामसुंगले पहिलो पटक स्मार्टफोन खरिदगर्ने इन्ट्रि लेभलका खरिदकर्तालाई ध्यानमा राखेर यो स्मार्टफोन सार्वजनिक गरेको हो । दुईवटा सिम प्रयोग गर्न सकिने सामसुंगको जेड वनको बजार मूल्य भारतमा ५ हजार ७ सय भारतीय रुपैंया अर्थात ९३ अमेरिकी डलर रहेको छ ।
यो क्षेत्रका कार्यरत स्रोतका अनुसार कोरियाली उत्पादकले हालसम्म ५० हजारदेखि ५५ हजारको बिचमा मध्य जनवरीमा सार्वजनिक भएको सामसुंग जेड वन स्मार्टफोन बिक्री गरिसकेको छ । यो मूल्यको श्रेणीमा उच्च प्रतिस्पर्धाका बिचमा पनि सामसुंगले बिक्री गरेको यो संख्या निकै उत्साहप्रद भएको बताईएको छ ।
सामसुंगले छिटै दक्षिण एशियाली मुलुक बंगलादेशमा पनि जेड वन स्मार्टफोन लन्च गर्ने योजना गरिरहेको छ । यो मोबाइल फोन विश्वको अन्य परिपक्व बजार भने उपलब्ध नहुन सक्दछ ।
यो पनि हेर्नुहोस् –
प्रकाशित: १२ माघ २०७१, सोमबार