सामसुंगका नयाँ स्मार्ट टिभीमा टाइजेन सफ्टवेयर प्रयोग हुने

Technology Khabar १७ पुष २०७१, बिहीबार

सामसुंगका नयाँ स्मार्ट टिभीमा टाइजेन सफ्टवेयर प्रयोग हुने

काठमाडौं ।

काठमाडौं, १७ पुस । सामसुंग इलेक्ट्रोनिक्स कम्पनीले अब सन् २०१५ मा उत्पादन हुने सबै नयाँ स्मार्ट टेलिभिजनहरुमा टाइजेन अपरेटिङ सिष्टम प्रयोग गर्ने बताएको छ । कम्पनीले आफैंले तयार पारेको नयाँ सफ्टवेयर प्लेटफर्मको प्रयोगलाई बढाउन यो नयाँ योजना ल्याएको बताईएको छ ।

स्मार्ट टेलिभिजनहरुमा अतिरिक्त सफ्टवेयर तथा कनेक्टिभीटी फंगसनहरु जस्तै भिडियो स्ट्रिमिङ तथा वेब ब्राउजिङ क्यापाबिलिटीहरु रहनेछन् । सामसुंगले गत वर्ष टाइजेनका अपरेटिङ सिष्टम प्रयोग भएका टेलिभिजन सेटहरु डेभलोपर कन्फेरेन्समा प्रदर्शन गरेको थियो ।Tizen

कम्पनीका भिजुअल डिस्प्ले बिजनेशका प्रेसिडेन्ट किम ह्यून सुकले टाइजेनमा सबै प्रयासहरु केन्द्रित गरेको बताए । अन्य टेलिभिजन उत्पादकहरुले पनि सामसुंगको टाइजेन सफ्टवेयर प्रयोग गर्ने अपेक्षा राखेको छ ।

टेलिभिजनमा टाइजेनको प्रयोग अर्को थप प्रयोग हो, यसअघि नै केहि स्मार्टवाच र क्यामराहरुमा टाइजेन उपयोग भइसकेको छ ।

सामसुंगले यो टाइजेन सफ्वेयरलाई गुगलको एन्ड्रोयड अपरेटिङ सिष्टम जस्तै बनाउन चाहेको छ । तर टाइजेन एप्पलको आईओएस र गुगलको एन्ड्रोयड अपरेटिङ सिष्टम जस्तो सफल भने हुन सकेन् । रोयटर्सबाट

easy care

प्रकाशित: १७ पुष २०७१, बिहीबार

ताजा समाचार