सामसुंगले ‘ग्यालेक्सी अल्फा’को उत्पादन बन्द गर्ने

Technology Khabar १६ पुष २०७१, बुधबार

सामसुंगले ‘ग्यालेक्सी अल्फा’को उत्पादन बन्द गर्ने

काठमाडौं ।

काठमाडौं, १६ पुस । यदि तपाई सामसुंगको ग्यालेक्सी अल्फा (Galaxy Alpha) स्मार्टफोन मनपराउनुहुन्छ र किन्ने योजनामा हुनुहुन्छ भने छिटै यो स्मार्टफोन किन्नुहोस् । नत्र तपाईँले सामसुंगको यो स्मार्टफोन खरिद गर्न सक्नुहुन्न् । किनकी सामसुंगले आफ्नो यो आकर्षक स्मार्टफोन ग्यालेक्सी अल्फाको उत्पादन बन्द गर्न लागेको छ । samsung-galaxy-alfagalaxy-alfa_20377946

समाचारहरुलाई आधार मान्ने हो भने सामसुंग ग्यालेक्सी अल्फाको उत्पादन केहि समयपछि बन्द गर्न लागेको हो । कम्पनीले ग्यालेक्सी अल्फाको साटो अब ग्यालेक्सी ए५ (Galaxy A5) ल्याउने समाचारहरु फैलिरहेको छ ।

समाचारहरुमा आएका रिपोर्टअनुसार सामसुंगले ग्यालेक्सी अल्फाको उत्पादन फेब्रुअरीदेखि बन्द गर्ने भएको हो । कम्पनीले अब ग्यालेक्सी अल्फाको अर्डर लिन रोकिसकेको छ भने ग्यालेक्सी ए५ सार्वजनिक गर्ने तयारीमा छ ।samsung-galaxy-a5-4

सामसुंगले नयाँ फीचर्सयुक्त स्मार्टफोन ग्यालेक्सी ए५ जनवरीको अन्त्यमा अथवा फेब्रुअरीको शुरुवातमा दक्षिण कोरियामा लन्च गर्ने तयारीमा छ । सामसुंगले अब सस्तो डिभाइसमा फोकस गर्नको लागि यो कदम उठाएको र यसको पहिलो डिभाइस ग्यालेक्सी ए५ हुने बताईएको छ । यसकासाथै ग्यालेक्सी अल्फाको स्थानमा ए५ उपलब्ध भएमा सामसुंगले अधिक ग्राहकहरुलाई आकर्षित गर्न सक्ने अनुमान गरिएको छ ।Galaxy-A5

कम्पनीले ग्यालेक्सी ए५ सार्वजनिक गरेको केहिसमयपछि नै ग्यालेक्सी अल्फाको उत्पादन बन्द गर्ने समाचारहरुमा बताईएको छ ।

ग्यालेक्सी ए५को बजार मूल्य ४ लाख कोरियन वन अर्थात ३ सय ६३ अमेरिकी डलरको हाराहारीमा हुने अनुमानछ । सामसुंगले कोरियाभित्र ग्यालेक्सी ए५ ग्यालेक्सी अल्फाभन्दा निकै लोकप्रिय हुने आशा लिएको छ ।

सामसुंगको अल्फा स्मार्टफोन लाइनअप मेटल डिजाइन, आकर्षक हार्डवेयर तथा फीचरसहितको छ । तर यसको महंगो मूल्य भएको हुँदा आकर्षक मेटल बडी र डिजाइनको भएपनि धेरै बिक्री हासिल हुन सकेन् । एजेन्सी

easy care

प्रकाशित: १६ पुष २०७१, बुधबार

ताजा समाचार