सिजीको ड्रम टाइप भ्याकुम क्लिनर बजारमा

Technology Khabar १३ मंसिर २०७१, शनिबार

सिजीको ड्रम टाइप भ्याकुम क्लिनर बजारमा

काठमाडौं ।

काठमाडौं, १२ मंसिर । चौधरी ग्रुपअन्तर्गतको सिजी इम्पेक्स प्रालीले सिजी ब्रान्डमा ड्रम टाइपको नयाँ भ्याकुम क्लिनर बजारमा ल्याएको छ । १६ सय वाट क्षमताको यस भ्याकुम क्लिनरको बजार मूल्य ८ हजार ४ सय ९० रुपैयाँ तोकिएको छ ।

कम्पनीले यसअघि नै ब्याग टाइप तथा ब्यागलेस मोडलका भ्याकुम क्लिनर बजारमा ल्याइसकेको छ । ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्दै कम्पनीले नयाँ मोडलको भ्याकुम क्लिनर बजारमा ल्याएको जनाएको छ ।

खासगरी, वेट एण्ड ड्राई विशेषता भएको यस भ्याकुम क्लिनरमा वाटर प्रुफ पावर स्वीच, फोल्डिङ्ग हृयाण्डल, इन्डिपेन्डेन्ट डस्ट कन्ट्रोल सिस्टम तथा सजिलै दायाँबायाँ सार्नकालागि पांग्रा जडान गरिएको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: १३ मंसिर २०७१, शनिबार

ताजा समाचार