स्पाइसको आइफोन ६ जस्तो ‘एमआई ५४९’ स्मार्टफोन

Technology Khabar २४ कार्तिक २०७१, सोमबार

स्पाइसको आइफोन ६ जस्तो ‘एमआई ५४९’ स्मार्टफोन

काठमाडौं ।

काठमाडौं, २४ कात्तिक । विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको एप्पलको उत्पादन आइफोनको नक्कल विश्व बजारमा विभिन्न कम्पनीले गर्ने गर्दछन् । कुनै कम्पनीले भने आइफोन जस्तै देखिने उत्पादन बजारमा ल्याउने गरेका छन् । त्यहि सिलसिलामा भारतीय कम्पनी स्पाइसले ठूलो स्क्रीनसहितको ‘आइफोन ६’ जस्तै देखिने स्मार्टफोन सार्वजनिक गरेको छ ।

स्पाइसले एमआई ५४९ लन्च गरेको छ । यो फोन १.३ जीएचजेड क्वाड कोर प्रोसेसरयुक्त छ भने यो फोन एन्ड्रोयड ४.४ किटक्याटमा आधारित रहेको छ ।

यो फोनको स्क्रीन ५.५ इन्चको फुल एचडी डिस्प्लेयुक्त छ । त्यसैगरी १ जीबी र्याम तथा ८ जीबीको आन्तरिक स्टोरेज राखिएको छ ।

यो फोनको रियर क्यामरा भने ८ मेगापिक्सलको एलइडी फ्ल्याशसहितको रहेको छ भने २ मेगािपक्सलको फ्रन्ट क्यामरा रहेकोछ ।

यो फोनको बजार मूल्य भारतमा ७९९९ रुपैंया तोकिएको छ ।

विशेषताहरु
-स्क्रीन-5.5 इंच, रिजोल्यूशन 91920×1080 पिक्सल, फुल एचडी डिस्प्ले
-प्रोसेसर-1.3 जीएचजेड क्वाड कोर
-र्याम-1जीबी, 8जीबी इंटरनल स्टोरेज, माइक्रो एसडी स्लट
-ओएस- एंड्रोयड 4.4 (किटक्याट)
-सिम-डुअल सिम, डुअल स्ट्याण्डबाइ
-क्यामरा-रियर 8एमपी एलईडी फ्ल्याश, 1080पी फुल एचडी वीडियो रेकर्डिंग
-अडियो-3.5 मिमी अडियो ज्याक, एफएम रेडियो
-साइज-9.3 मिमी मोटाई
-अन्य फीचर-3जी, वाई-फाई 802.11, ब्लूटूथ 4.0, जीपीएस
-ब्याट्री-2200 एमएएच
-कलर-सिल्भर कलर

Global Bank
easy care

प्रकाशित: २४ कार्तिक २०७१, सोमबार