सामसुंगले ल्यायो द्रूत गतिमा डाटा पठाउन सकिने माइक्रो एसडी कार्ड

Technology Khabar २ पुष २०७२, बिहीबार

सामसुंगले ल्यायो द्रूत गतिमा डाटा पठाउन सकिने माइक्रो एसडी कार्ड

काठमाडौं ।

काठमाडौं, २ पुस । सामसुंग इलेक्ट्रोनिक्सले नयाँ फ्ल्याश ड्राइभ सार्वजनिक गरेको छ । कम्पनीले प्रो प्लस १२८ जीबीको (Pro Plus 128GB) माइक्रो एसडी कार्ड (एमएलसी एनएएनडी फ्ल्याश सोलुशन MMLC NAND) सार्वजनिक गरेको हो ।

यो एसडी कार्ड सामसुंगका विश्वभरीका उपभोक्ताहरुको लागि उच्च गतिको स्टोरेजको लागि प्रयोग गर्न सक्नेछन् । विशेषगरी यो कार्ड ड्रोन प्रयोगकर्ता, एक्सन क्यामरा प्रयोगकर्ता तथा प्रिमियम स्मार्टफोन प्रयोगकर्ताहरुका लागि निकै उपयोगी हुने कम्पनीको भनाई छ ।

यो स्टोरेज कार्ड सार्वजनिक गरेर कम्पनीले यो क्षेत्रमा काम गर्ने सोच राखेको विश्लेषकहरुको आशंका रहेको छ भने आगामी फ्ल्यागशिप फोन ग्यालेक्सी एस सेभेनको माइक्रो एसडी कार्ड स्लट पनि सोहि प्रकृतिको हुने अनुमान गरिएको छ ।

नयाँ प्रो प्लस १२८ माइक्रो एसडी कार्ड प्रो प्लस लाइनअपमा थप उत्पादन हो, यो लाइनअपमा यहि मे महिनामा ३२ जीबी र ६४ जीबीको भर्सन सार्वजनिक भईसकेको छ । नयाँ माइक्रो एसडी कार्डमा यूएचएस आई स्पीड क्लास थ्री (u3) तथा स्पीड क्लास १० (u10) सपोर्ट गर्ने फीचर रहेको छ, जसको सहयोगमा प्रयोगकर्ताले क्रमशः ९५ एमबी प्रति सेकेण्ड (95MB/s) तथा ९० एमबी प्रतिसेकेण्ड (90MB/s) डाटा ट्रान्सफर गर्न सक्दछ ।

‘हामीले फोरके यूएचडी भिडियो रेकर्डिंग तथा प्लेब्याकमा द्रूत वृद्धि भईरहेको देखिरहेका छौं । त्यसैले उच्चस्तरका मेमोरी स्टोरेज भोल्यूम तथा द्रूत गतिका मेमोरी कार्ड आवश्यक रहेको छ ।’ सामसुंगका ब्राण्डेड प्रोडक्ट मार्केटिंग, मेमोरी बिजनेसका सिनियर भाईस प्रेसिडेण्ड उन सू कीमले भने ।

यो माइक्रो एसडी कार्ड सामसुंगको आधिकारीक वेबसाइटबाट १९९.९९ अमेरिकी डलरमा खरिद गर्न पाईनेछ । यो प्रो प्लस १२८ जीबीको फ्ल्याश मेमोरी ५० भन्दा बढि मुलुकहरुमा उपलब्ध हुनेछ । एजेन्सी

Global Bank
easy care

प्रकाशित: २ पुष २०७२, बिहीबार