सञ्चार मन्त्री भन्छिन् – ‘दूरसञ्चार कानुन पुरानो भयो’

Technology Khabar २८ बैशाख २०८१, शुक्रबार

सञ्चार मन्त्री भन्छिन् – ‘दूरसञ्चार कानुन पुरानो भयो’

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दूरसञ्चार कानुन पुरानो भएको बताएकी छन्। २०८१ सालमा पनि २०५३ सालको नेपाल दूरसञ्चार ऐन २०५३ मार्फत सूचना प्रविधि क्षेत्र अघि बढ्नु पर्ने बाध्यता रहेको उनले बताइन्।

‘अहिले हाम्रो दूरसञ्चार ऐन, २०५३ को छ। जबकी हामी २०८१ मा छौं। २०८१ को दूरसञ्चारको विकास र २०५३ को अवस्था हेरौं भने त्यो धेरै नै फरक छ,’ मन्त्री शर्माले अन्तर्राष्ट्रि महिला आईसीटी दिवस २०२४ मा भनिन्, ‘पुरानो कानूनबाट चल्न बाध्य छौं।’

सूचना प्रविधिको समग्र विकासका लागि नीति, नियम, कानून, राज्यले तोकेको प्राथमिकतालाई अघि बढाएर जानु पर्छ भन्ने उनको बुझाई छ।

साथै उनले आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधिलाई प्राथमिकतामा राख्न मन्त्रालयले पहल गरिरहेको बताइन्। प्रधानमन्त्रीले पनि आगामी बजेट निर्माणमा कृषिलाई प्राथमिकतामा राखेर सूचना प्रविधिलाई अग्रभागमा राख्ने बताउँदै आएको र सञ्चार मन्त्रालयले पनि यसतर्फ प्रयत्न गरिरहेको उनको दाबी छ।

‘सरकारले विकासको आधारको रुपमा कृषि, पर्यटन र ऊर्जा भन्दै आइरहेका छ। अहिले पछिल्लो समयमा आईसीटी थप गरेका छौं। नेपालको समृद्धको आधार कृषि हो,’ उनले भनिन्, ‘त्यसको अग्रपंथीमा सूचना तथा प्रविधि हो।’

सूचना प्रविधिको प्रयोगबाट अर्थ आर्जन गरेर त्यसलाई देशको अर्थतन्त्रमा जोड्न सकियो भने समृद्धिको बाटो तय गर्न सकिने उनको भनाइ छ। साथै हरेक वर्ष १० औं हजार युवाहरु सूचना प्रविधि उत्पादन भइरहेका छन्। अनौपचारिक अध्ययनले करिब ६६ अर्ब वैदेशिक मुद्रा सूचना प्रविधिमा काम गर्ने युवाहरुले वार्षिक रुपमा आर्जन गरिरहेका छन्।

सूचना प्रविधिको क्षेत्रलाई देशले नीति, नियम, कानून बनाएर प्रवर्दन गर्न सकियो भने यहाँका युवाहरु विदेश जानु पर्ने बाध्यता अन्त्य हुने उनको बुझाइ छ। यसबाट युवाहरु देशमै बसेर सेवा निर्यात गर्ने र वैदेशिक मुद्रा आर्जन गर्नेछन्। साथै आगामी वर्षको बजेटमा सूचना प्रविधिलाई उच्च प्राथिमिकतासँग अघि बढाउने उनले प्रतिबद्धता जाहेर गरिनन्।

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रोयले सूचना प्रविधिको क्षेत्रमा महिलाको पहुँच बढाउन नीति तथा कार्यक्रम बनाउने पर्ने बताए।

यस्तै कार्यक्रममा प्राधिकरणकी उपनिर्देशक रोजाकिरण वासुकलाले सूचना प्रविधिका क्षेत्रमा महिलाको उपस्थिति र मुनालटेककी सञ्चालिका मुना न्यान्छौंले साइबर सुरक्षा सम्बिन्धी प्रस्तुती दिएकी थिइन्।

easy care

प्रकाशित: २८ बैशाख २०८१, शुक्रबार

ताजा समाचार

Vietnamese airlines use environmentally-friendly aircraft to realize net-zero emission targets

  • Technology Khabar
  • ७ जेष्ठ २०८१, सोमबार