टेलिकम कर्मचारीको माग सम्बोधन नहुँदा एमडीको कार्यकक्ष घेराउ यथावत

Technology Khabar १६ बैशाख २०८१, आईतवार

टेलिकम कर्मचारीको माग सम्बोधन नहुँदा एमडीको कार्यकक्ष घेराउ यथावत

काठमाडौं ।

नेपाल टेलिकमका कर्मचारीको माग सम्बोधन नहुँदा नेपला टेलिककी प्रबन्ध निर्देशक संगिता पहाडीको कार्यकक्ष घेराउ कार्यक्रम निरन्तर रहेको छ।
गत बिहीबार नेपाल टेलिकमको सञ्चालक समितिले अनुमति पत्र लाइसेन्स (नवीकरण) वापतको २० अर्ब रुपैयाँ एकमुष्ट तिर्ने निर्णय गरेको थियो। अगामी वैशाख २८ गते नेपाल टेलिकमलाई उपलब्ध गराइएको मोबाइल सेवा लाइसेन्स अवधि सकिँदैछ।

२० अर्ब रुपैयाँ तिरे पनि वैशाख २८ गते पछि टेलिकमको लाइसेन्स के हुन्छ भन्ने अन्यौलता कायम छ। यसबीच टेलिकमको बार्डले एकमुष्ट नवीकरण शुल्क तिर्ने निर्णय गरेसँगै टेलिकमका कर्मचारी अक्रोशित बनेका थिए। यस निर्णयको विरुद्ध गर्दै शुक्रबार टेलिकममा कार्यरत कर्मचारीहरुको चारसंस्थाले संयुक्तरुपमा आन्दोलन घोषणा गर्दै एमडीको कार्यकक्ष घेराउ गरेका थिए।

शुक्रबार सञ्चार सचिव रामकृष्ण सुवेदी र एमडीले आइतबार छलफल गर्ने आवश्वन दिएसँगै आन्दोलन थाति राखिएको थियो। आइतबार सञ्चार सचिव र एमडीसँगको छलफल उपलब्धि मुलुक बन्न नसक्दा आन्दोलन जारी राख्ने निर्णयमा पुगिएको एनटीसीडब्लूयूका अध्यक्ष सुरेश रौनियारले बताए।

‘लगानी सम्मेलनका कारण सञ्चार मन्त्रीसँग भेट हुन सकेन। वैशाख २८ गतेपछि लाइसेन्स के हुन्छ भन्ने विषयमा नेपाल दूरसञ्चार प्राधिकरणसँग छलफल गर्नु पर्छ,’ रौनियारले भने, ‘लाइसेन्सको विषय टुंगोमा नपुगेसम्म नवीकरण शुल्क नबुझाउन दबाव दिन आन्दोलन निरन्तर रहन्छ।’

कार्यलयको नियमित काम कारबाही प्रभावित नहुने गरी हरेक दिन विहान १० बजेदेखि आन्दोलन तथा धर्नाको कार्यक्रम निरन्तर रहने उनले बताए।

easy care

प्रकाशित: १६ बैशाख २०८१, आईतवार

ताजा समाचार