ओप्पो ए६० स्न्यापड्रागन ६८० चिप र ८ जीबी र्याममा आउँदै

Technology Khabar ६ बैशाख २०८१, बिहीबार

ओप्पो ए६० स्न्यापड्रागन ६८० चिप र ८ जीबी र्याममा आउँदै

काठमाडौं ।

ओप्पोको नयाँ डिभाइस ए६० छिट्टै बजारमा आउने भएको छ। ओप्पो ए६० गुगल प्ले कन्सोल डाटाबेसमा देखिएको छ। जसमा यसको चिपसेट, मेमोरी र स्क्रीनको जानकारीका साथै अन्य प्रमुख विवरण प्रकट भएको गिज्मोचाइनाले उल्लेख गरेको छ।

गुगल प्लेट कन्सोल डाटाबेस अनुसार चिपसेटको मोडल नम्बर क्यूटीआई एसएम६२२५ हो। जुन स्न्यापड्रागन ६८० फोरजी चिपसेट हो। थपरुपमा प्लेटफर्मले मोबाइल ८ जीबी र्यामका साथ उपलब्ध हुने जानकारी दिएको छ। डिभाइस कलरओएस १४ आधारित एन्ड्रोइड १४ मा सञ्चालन हुन्छ।

स्न्यापड्रागन ६८० चिप एक (४ प्लस ४) को क्लरटरबाट सुसज्जित छ। जसमा २.४ गिगाहर्जमा क्लक गरिएको ४ कोरटेक्स ए७३ कोर र १.९ गिगाहर्जमा क्लक गरिएको ४ कोरटेक्स ए५३ कोर छ। ग्राफिक्सका लागि एरेनो ६१० जीपीयू दिइएको छ।

ओप्पो ए६० मा दिइएको ७२० पिक्सेल स्क्रीनले यो इन्ट्रीलेभल डिभाइस हुने संकेत गर्छ। रेन्डरिङले यसको पूर्ववर्ती ओप्पो ए५९ को तुलनामा बाक्लो बेजेल देखाउँछ। यद्यपि पूर्ववर्तीमा रहेको वाटर ड्रप नोचलाई होल पञ्च स्टाइल फ्रन्ट क्यामराले प्रतिस्थापना गर्छ। क्यामराको एफभी–५ लिस्टिङ अनुसार सेल्फीका लागि ८ मेगापिक्सल र मुख्य क्यामरा ५० मेगापिक्सलको हुन सक्छ।

उल्लेखनीय रुपमा ओप्पो ५९ मा फाइभजी चिपसेट र डाइमेन्सिटी ६०२० (७एनएम) प्रदान गरिएको छ।

ओप्पो ए६० पहिले नै थाइल्याण्डको एनबीटीसी, इन्डोनेसियाको एसडीपीपीआई र टीकेडीएन र यूएईको टीडीआरए लगायत धेरै अन्य सर्टिफिकेसन प्लेटफर्महरुमा देखा परेको छ। यद्यपि फोनको मोडल नाम र नम्बर बाहेक धेरै विवरण खुलासा गरिएको छैन।

easy care

प्रकाशित: ६ बैशाख २०८१, बिहीबार