Technology Khabar १९ बैशाख २०८१, बुधबार
काठमाडौं ।
नोकिया स्मार्टफोनहरूको इजाजतपत्र राखेको एचएमडी ग्लोबलले आफ्नो नोकिया २२५ फोरजी फीचर फोनलाई रिफ्रेस गर्ने तयारी गरिरहेको छ। ब्रान्डले पहिलो नोकिया २२५ फोरजी मोडल सन् २०२० को डिसेम्बरमा लन्च गरेको थियो।
यसै क्रममा अब, एन्ड्रोइड हेडलाइन्स नामक टेक ब्लगले टिपस्टर अनलिक्स सँगको सहकार्यमा आगामी मोडल कस्तो देखिन्छ भन्ने खुलासा गरेको उल्लेख छ।
सन् २०२० मोडलको तुलनामा, नयाँ फोनले स्मार्टफोन बजारमा हालको ट्रेन्ड (प्रवृत्ति) रहेको बक्सि डिजाइन अपनाउने छ। यसको बक्सी लुक बाहेक, डिभाइसको पछाडि सिङ्गल क्यामरा, एलईडी फ्ल्यासका साथै नोकिया र एचएमडी ब्रान्डिङ सहितको फिचर गरिएको मिनिमलिस्ट डिजाइन हुनेछ।
डिभाइसले अगाडि, मोटो बेजेल्स र एक मानक फीचर फोन कीप्याडको साथ २.४ इन्चको डिस्प्ले फिचर गर्नेछ। साथै यस मोडेलमा चार्जिङको लागि यूएसबी टाइप–सी पोर्ट फिचर गरिने उल्लेख छ।
त्यसैगरी यो फोन ६४ एमबी र्याम र १२८ एमबी स्टोरेज (भण्डारण) को साथ आउने छ, जुन फीचर फोनहरूको लागि एक मानक हुनुका साथै थप स्टोरेज (भण्डारण) थप्नको लागि स्लट समावेश गर्ने सम्भावना पनि रहेको छ। यस बाहेक फोनमा १,४५० एमएएच ब्याट्री पनि समावेश गरिने जनाइएको छ जुन यसको २०२० संस्करणको भन्दा राम्रो भएको र सम्भावित रूपमा एकल चार्जमा धेरै दिन टिक्ने उल्लेख छ।
पहिलेको ०.८ मेगापिक्सेलको पछाडिको क्यामरा अब ३ मेगापिक्सेल सम्म बम्प हुनसक्ने उल्लेख गरिएको छ।
सफ्टवेयरको सन्दर्भमा, फोनले नोकिया सिरिज ३० प्लस अपरेटिङ सिस्टममा अपरेट हुने भएकोले यसमा आधुनिक एपहरू चलाउन नसक्ने हुनेछ।
नोकिया २२५ फोरजी २०२४ मोडलको मूल्य युरोपमा लगभग १०० यूरो हुनसक्ने गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: १९ बैशाख २०८१, बुधबार