हालको रोलआउट पूरा भएपछि १०० मिलियन भन्दा धेरै ग्यालेक्सी डिभाइसले एआई सर्पोट गर्ने

Technology Khabar १६ चैत्र २०८०, शुक्रबार

हालको रोलआउट पूरा भएपछि १०० मिलियन भन्दा धेरै ग्यालेक्सी डिभाइसले एआई सर्पोट गर्ने

काठमाडौं ।

सामसङले ग्यालेक्सी एस२३ परिवार (एस२३ एफई सहित) ग्यालेक्सी जेड फोल्ड५, ग्यालेक्सी जेड फ्लिप र ग्यालेक्सी ट्याब एस९ सिरिजका लागि २८ मार्चदेखि वन यूआई ६.१ अपडेट मार्फत आफ्नो ग्यालेक्सी एआई सुइट रोलआउटका अर्को चरण सुरु गरेको छ।

ती डिभाइसले ग्यालेक्सी एआई फिचर्स प्राप्त गर्नेछन् जुन जनवरीमा ग्यालेक्सी एस२४ परिवारका साथ लन्च गरिएको थियो। बिहीबारबाट सुरु हुने रोलआृट पूरा भएपछि १०० मिलियन भन्दा धेरै प्रयोगकर्ताले ग्यालेक्सी एआईमा पहुँच प्राप्त गर्ने सामसङका उपाध्यक्ष निक पोर्टरले बताएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

सामसङले यस च्याट असिस्टेन्ट र लाइभ ट्रान्सलेट थप भाषाहरु सपोर्ट समावेश गर्ने योजना बनाइरहेको छ।

easy care

प्रकाशित: १६ चैत्र २०८०, शुक्रबार