आईफोन एसई ४ को लागि बीओईले डिस्प्ले निर्माण गर्ने

Technology Khabar १५ चैत्र २०८०, बिहीबार

आईफोन एसई ४ को लागि बीओईले डिस्प्ले निर्माण गर्ने

काठमाडौं ।

बीओईले आउँदै गरेको आईफोन एसई ४ को लागि ६.१ इन्च ओएलईडी प्यानलहरू आपूर्ति गर्ने एक रिपोर्टमा भनिएको छ। रिपोर्टका अनुसार एप्पलले प्रत्येक प्यानलको लागि प्रस्ताव गरिरहेको कम मूल्यका कारण सामसङ भने दौडबाट बाहिरिएको छ।

सामसङमा सिङ्गल (एउटा) ६.१ इन्च ओएलईडी युनिट (एकाइ) को लागत लगभग ३० अमेरिकी डलर रहेको र एप्पलले २५ अमेरिकी डलर प्रस्ताव गरिरहेको रिपोर्टले दावी गरेको छ। उक्त मूल्य चिनियाँ निर्माताहरूले माग गरेको भन्दा पनि कम भएको सोही स्रोतलाई उदृत गर्दै रिपोर्टमा भनिएको छ।

सामसङ बाहिरिएको अवस्थामा अब बीओई र तियान्मा मात्र प्रतिस्पर्धामा बाँकी रहेको जनाइएको छ। बीओई ले सम्भवतः आईफोन एसई ४ को लागी सबै अर्डर लिन सक्ने उल्लेख गरिएको छ।

सामसङले कम मार्जिनको कारणले गर्दा सुरुमा सम्झौतामा लगानी नगरेको र एक पटक फेरी एप्पलले प्रति एकाइ अझ कम मूल्यको लागि सोधेपछि सामसङले भर्खरै वार्ता समाप्त गरेको यस विषयमा परिचित व्यक्तिहरूले बताएको जीएसएमएरिनाले रिपोर्टमा भनेको छ।

easy care

प्रकाशित: १५ चैत्र २०८०, बिहीबार

ताजा समाचार