टिकटकद्वारा विभिन्न देशका किशोर–किशोरी रहेको ‘ग्लोबल युथ काउन्सिल’ को घोषणा

Technology Khabar १५ चैत्र २०८०, बिहीबार

टिकटकद्वारा विभिन्न देशका किशोर–किशोरी रहेको ‘ग्लोबल युथ काउन्सिल’ को घोषणा

काठमाडौं ।

टिकटकले किशोर–किशोरीहरूको लागि अनलाइन सुरक्षा सुधार गर्नका लागि ग्लोबल युथ काउन्सिल (विश्वव्यापी युवा परिषद्) लन्च गर्ने भएको छ। यो काउन्सिलले विशेषज्ञहरूसँग मिलेर सुरक्षित र थप समावेशी एप बनाउनलाई काम गर्नेछ।

एक अनुसन्धानले किशोर–किशोरी र अभिभावकहरू बीच अनलाइन सुरक्षाको बारेमा थप खुला सञ्चारको आवश्यकता देखाएपछि यो घोषणा आएको जनाइएको छ। बेलायतका आधा किशोर–किशोरीहरूले मात्र मासिक रूपमा अनलाइन प्लेटफर्महरूको बारेमा आफ्ना आमाबाबुसँग कुरा गर्छन् भने धेरैले बडि ईमेज जस्ता असहज विषयहरूबाट टाढा रहने गरेका छन्।

टिकटकको युथ काउन्सिलले टिन वेल–बिङ (किशोर–किशोरीह कल्याण) मा ध्यान केन्द्रित गरेर युथ (युवा) पोर्टल र रिपोर्टिङ टुल्स (उपकरणहरू) जस्ता फिचरहरूमा इनपुट प्रदान गर्नेछ। साथै टिकटकले सेफ्टि सेन्टर जस्ता स्रोतहरू पनि प्रदान गर्ने जनाइएको छ।

यसमा बुलिङ र बडि ईमेजका लागि गाइडहरू रहेको छ, जसलाई मासिक दस लाख भन्दा बढी मानिसहरूले हेर्ने गरेको उल्लेख गरिएको छ। अभिभावकको संलग्नतालाई प्रोत्साहित गर्न टिकटकले ३५ वर्षभन्दा माथिका नयाँ प्रयोगकर्ताहरूलाई फ्यामिली पेयरिङ प्रवर्द्धन गर्ने जनाइएको छ। साथै, टिकटकले सन् २०२४ मा १० ओटा इन–एप मिडिया साक्षरता अभियानहरू लन्च गर्ने उल्लेख गरिएको छ।

“किशोर–किशोरी र अभिभावकहरूबाट प्रतिक्रिया सुन्नु हाम्रो सुरक्षा कार्यको एक ठूलो हिस्सा हो,” एक टिकटक प्रतिनिधिले बताए। साथै युथ काउन्सिलका एक सदस्यले मानिसहरू बीचको समझलाई बढावा दिन र सुरक्षित एप सिर्जना गर्नका लागि उत्साह व्यक्त गरेको जनाइएको छ।

अनुसन्धानले किशोर–किशोरी र अभिभावक दुवैलाई अवस्थित सेफ्टि टुल्स (सुरक्षा उपकरणहरू) मा शिक्षित गर्ने आवश्यकतालाई पनि हाइलाइट गरेको उल्लेख छ। टिकटकले यसलाई इन–एप मेसेजिङ र मिडिया साक्षरता पहलहरू प्रवर्द्धन मार्फत सम्बोधन गर्ने योजना बनाएको गीज्मोचाइनाले रिपोर्टमा उल्लेख गरेको छ।

easy care

प्रकाशित: १५ चैत्र २०८०, बिहीबार