एप्पलले सन् २०२८ मा ओएलईडी आईप्याड एयर लन्च गर्न सक्ने रिपोर्टको दाबी

Technology Khabar ६ चैत्र २०८०, मंगलवार

एप्पलले सन् २०२८ मा ओएलईडी आईप्याड एयर लन्च गर्न सक्ने रिपोर्टको दाबी

काठमाडौं ।

एक बजार अनुसन्धानले ओएलईडी आईप्याड प्रोमा वृद्धि हुने भविष्यवाणी गरेको छ। यस वर्ष मात्रै ९० लाख भन्दा बढी एप्पल आईप्याड शिपमेन्टहरू भएको उल्लेख छ।

अप्रिल र जुनको बीचमा अपेक्षित आगामी आईप्याड प्रो रिफ्रेसको लागि सामसङ र एलजीले यी डिस्प्लेहरू उत्पादन गर्न तयारी गरिरहेका छन्।

आईप्याड एयरमा सिङ्गल–लेयर ओएलईडी र आईप्याड प्रोमा डबल–लेयर भर्सन 

चर्चाहरुका अनुसार सन् २०२८ मा आउने ओएलईडी आईप्याड एयरमा प्रो मोडेलको तुलनामा पूर्णरुपले भिन्न प्रविधि रहने उल्लेख गरिएको छ। साथै आईप्याड एयरले सिङ्गल–लेयर ओएलईडी प्रयोग गर्नेछ भने प्रोले राम्रो परफर्मेन्सको लागि डबल–लेयर भर्सन (संस्करण) लाई अँगाल्ने विश्लेषकहरूले सुझाव दिएका छन्।

त्यसका साथै ट्याब्लेटहरूले भिजुअल अपग्रेड प्राप्त गर्दै गर्दा ल्यापटपहरूलाई पनि सँगसँगै हुनेछन्। हाल ओएलईडी डिस्प्लेहरू धेरै प्रिमियम हुनुका साथै एलसीडी भेरियन्टहरू भन्दा सक्षम हुने भएकाले ओएलईडी ल्यापटपहरूको माग बढ्ने अनुमान गरिएको छ।

एप्पलको प्रभुत्वमा रहेको ट्याब्लेट बजारको विपरीत यो बजारले विभिन्न निर्माताहरूबाट ओएलईडी प्रविधिलाई व्यापकरूपमा अपनाउने अपेक्षा गरिएको छ।

ट्याब्लेट र ल्यापटपहरु बाहेक, भविष्यमा एप्पलले फोल्डेबल आईफोन पनि ल्याउने सम्भावना रहेको छ। विश्लेषकहरूले सन् २०२६ मा ७/८ इन्चको फोल्डेबल आईफोन प्रस्तुत हुने भविष्यवाणी गरेका छन्।

फोल्डेबल फोनहरूका धेरैजसो पक्षहरूलाई सिद्ध गरिसकेका र एप्पलको सबैभन्दा ठूला प्रतिस्पर्धीहरू (सामसङ र गुगल) ले परीक्षण गरिरहेको प्रविधिलाई ठूलो फोल्डेबल क्यानभासको साथ एप्पलले पनि पूर्ण बनाउन सक्ने अनुमान गरिएको छ।

easy care

प्रकाशित: ६ चैत्र २०८०, मंगलवार

ताजा समाचार