सजिलो भिषामार्फत वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई विभिन्न अफर र सुबिधा

Technology Khabar १७ फाल्गुन २०८०, बिहीबार

सजिलो भिषामार्फत वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई विभिन्न अफर र सुबिधा

काठमाडौं ।

सजिलो एब्रोड एकेडेमीले संचालनमा ल्याएको सजिलो भिषामार्फत वैदेशिक अध्ययनमा जान चाहने नेपाली विद्यार्थीहरुले विभिन्न छुटहरु हासिल गर्न सक्ने भएका छन्।

सजिलो भिषामार्फत बेलायत जान चाहने नेपाली विद्यार्थीहरुलाई संस्थाले भिषा एक्स्पर्टको रुपमा सहयोग र समन्वय गरिरहेको बताएको छ।

नेपाल सरकारबाट मान्यता प्राप्त यूकेको लागी हालसम्म शतप्रतिशत भिषा सक्सेस रेट राख्न सफल भएको सजिलो भिषाले विभिन्न अफरहरु ल्याएको छ।

सजिलो भिषा संचालनमा आएदेखिनै विद्यार्थीहरूको लागि थुप्रै प्रकारका अफरहरू ल्याएको छ र यसमा छुटदेखि निशुल्क तयारी कक्षा अध्ययन समेतको सुबिधा रहेको छ। जसअन्तरगत आईएलटीएस क्लास मात्र रू २४९९ मा संचालन गर्दै आएको छ।

यसका साथै आईएलटीएसको तयारी कक्षा बुकिङ गर्दा रु २००० सम्मको तुरुन्तै क्यास ब्याकको सुविधा रहेको छ।

यस्तैगरी हरेक हप्ता वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरुका लागि “फ्रि मक टेस्ट” संचालन भईरहेको छ भने विश्वविद्यालयले लिने अन्तरवार्ताको लागि निशुल्क तयारी कक्षा संचालन गरिएको छ।

सजिलो भिषाबाट अब्रोड स्टडीको लागि एप्लाई गर्दा आईएलटीएस तथा पीटीईको टेस्ट फि शतप्रतिशत (१००%) फिर्ता हुनेछ।

यस सजिलो भिषाले अस्ट्रेलिया, क्यानाडा, यूके, यूएसए मा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुको लागी परामर्श तथा सहजीकरण गर्ने कार्यगरिरहेको छ।

यूकेमा ब्याचलर पढ्न जानेहरुको ग्याप ५ वर्ष, मास्टर्समा अध्ययन गर्न जान चाहेनको ग्याप ७ वर्षसम्मका विद्यार्थीहरुको भिषा ल्याउनका लागि सजिलो भिषाले सहयोग गरिरहेको छ।

यसैगरी, सजिलो भिषाले कुनै प्रकारको अतिरिक्त शुल्क तथा परामर्श शुल्क लिने गरेको छैन।

पछिल्लो समय सही सूचना र जानकारी नै नपाईकन उच्च शिक्षाका लागि विदेश गएर विद्यार्थीहरुले दुख पाइरहेको अवस्थालाई ध्यानमा राखेर सजिलो भिषाले विभिन्न संस्थाहरुसँग सहकार्य गरी सूचना प्रविधि, इलेक्ट्रोनिक्स, होटल म्यानेजमेन्ट लगायतका सिपमुलक विषयहरुका छोटो अवधिका तालिम निशुल्क प्रदान गरीरहेको छ।

यस्ता सिपमुलक तालिमहरुले अध्ययनको लागि विदेश जाने विद्यार्थीले सजिलैसँग रोजगारीसमेत पाउनका लागि सहयोग पुग्ने जनाएको छ।

easy care

प्रकाशित: १७ फाल्गुन २०८०, बिहीबार

ताजा समाचार