सुरक्षा निकायलाई प्रविधिमैत्री बनाउन जोड

Technology Khabar ९ बैशाख २०८०, शनिबार

सुरक्षा निकायलाई प्रविधिमैत्री बनाउन जोड

काठमाडौं ।

बागमती प्रदेशको सुरक्षा अवस्था सुधार गर्न सुरक्षा निकायलाई प्रबिधिमैत्री बनाउनुपर्नेमा जोड दिइएको छ।

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा शुक्रबार हेटौँडामा भएको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीका सहभागीहरूले पुरानै प्रविधि र संरचनामा बढ्दो सुरक्षा चुनौती सामना गर्न कठिन हुने भन्दै प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता औँल्याएका हुन्।

सो अबसरमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शान्तिसुरक्षालाई सुदृढ बनाउन प्रदेश सरकार सहकार्य गर्न तयार रहेको चर्चा गर्दै सुरक्षा निकायलाई विगतमा गर्दै आएको सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिने बताए। विपत् व्यवस्थापनमा तीन तहका सरकारबीच सहकार्य आवश्यक भएको उनले बताए।

आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले आगामी योजना र कार्यदिशाबारे जानकारी गराउँदै प्रदेशमा सडक दुर्घटना, आत्महत्या, लागूऔषधको कारोबार र सेवन, घरेलु हिंसा, भूकम्प, बाढीपहिरो, हिमताल फुट्नेलगायत मौसमी विपत् मुख्य चुनौती रहेको बताए।

उनले प्रदेशभित्रको विपत् व्यवस्थापन प्रदेश सरकारको दायित्व भए पनि मन्त्रालयमा विपत् व्यबस्थापन शाखा मात्र रहेकाले विपत् व्यवस्थापन प्राधिकरणको स्थापनासँगै विपत् व्यवस्थापनका लागि उपकरण र प्रविधिमैत्री संरचना आवश्यक भएको बताए।

easy care

प्रकाशित: ९ बैशाख २०८०, शनिबार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार