आयल निगमद्वारा दोस्रो चरणको ‘टैंक ट्रक लकिङ’ सुरुआत

Technology Khabar १ भाद्र २०८०, शुक्रबार

आयल निगमद्वारा दोस्रो चरणको ‘टैंक ट्रक लकिङ’ सुरुआत

काठमाडौं ।

नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्ज बाराले दोस्रो चरणको ‘टैंक ट्रक लकिङ’ सुरुआत गरेको छ।

निगमको प्रादेशिक कार्यालयमा आयोजित कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सिङ्गल लोड गरिएको तीन ट्याङ्करमा टैंक ट्रक लकिङ लगाएर सो कार्यको शुभारम्भ गरे।

डिपोदेखि पेट्रोल पम्पसम्म लिड सिल मात्र लगाएर पठाउँदै आएको निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जले आजदेखि ट्याङ्करमा टैंक ट्रक लकिङ लगाएर पठाउन थालेको हो ।

ढुवानीका क्रममा हुने पेट्रोलियम पदार्थको चोरी नियन्त्रण गर्न र सुरक्षित ढुवानीका लागि ट्याङ्करमा टैंक ट्रक लकिङ सुरु गरिएको नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्ज बाराका प्रमुख विनितमणि उपाध्यायले जानकारी दिए।

easy care

प्रकाशित: १ भाद्र २०८०, शुक्रबार

ताजा समाचार