कोका–कोलाको सक्षम २.०ः एक हजार महिलाहरुलाई डिजिटल सीपमार्फत सशक्त बनाउँदै

Technology Khabar २४ फाल्गुन २०७९, बुधबार

कोका–कोलाको सक्षम २.०ः एक हजार महिलाहरुलाई डिजिटल सीपमार्फत सशक्त बनाउँदै

काठमाडौं ।

गत वर्षको सक्षम कार्यक्रमको उल्लेखनीय सफलता पश्चात कोका–कोलाले यो वर्ष पनि सक्षम २.० सञ्चालन गर्दैछ । किराना पसल तथा खाजा घरहरु सञ्चालन गर्दै आइरहेका १००० महिला व्यवसायीहरुलाई एक दिने तालिम मार्फत व्यवसाय सञ्चालन एवम अन्य आवश्यक सीपहरु सिकाई सुदृढ एवम सशक्त गर्ने उद्धेश्यले सक्षम २.० को शुरुवात गरिएको कोका–कोला कम्पनीले जनाएको छ ।

काठमाडौँ उपत्यका भित्र र बाहिरका लघु तथा साना उद्यमी महिलाहरूको व्यावसायिक ज्ञान र सीप अभिवृद्धि गरी व्यवसायलाई अझै राम्रोसँग विस्तार र सञ्चालन गर्ने उनीहरुको क्षमताको विकास गर्ने लक्ष्यको साथ गत वर्षको मार्चमा सक्षम कार्यक्रम ल्याइएको थियो ।

प्रगतिशील समाजको निर्माणको लागि महिलाहरु नवीन किसिमका व्यवसाय सञ्चालन गर्न सक्षम छन् र उनीहरुले यस्ता किसिमका व्यवसायहरु सञ्चालन गर्दै पनि आइरहेका छन् भन्ने चेतनामुलक सन्देश दिनको लागि सक्षम २.० ल्याईएको हो । जुन यस वर्षको अन्तरराष्ट्रिय नारी दिवसको थिम “डिजिटल इनोभेसन एन्ड टेक्नोलोजी फर जेण्डर इक्वालिटी” लाई समर्थन गर्ने लक्ष्य राख्छ । महिला व्यवसायीहरुको वित्तीय साक्षरता, आतिथ्यता, सरसफाई व्यवस्थापन र डिजिटल वालेटको प्रयोग सम्बन्धि क्षमता निर्माण गर्न सक्षम २.० को डिजाइन गरिएको कोका–कोला कम्पनीले जनाएको छ ।

यो वर्ष सक्षम २.० ले स्टार्टअप र सम्भावित स्टार्टअपहरूलाई व्यवसायको प्रकृति अनुसारको मेन्टरशिप कार्यक्रम पनि प्रदान गर्नेछ।

कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने,“फाइभ बाइ ट्वेन्टि, स्टार, र गत वर्षको सक्षमले सहभागीहरुको जीवनमा सकरात्मक परिवर्तन ल्याउन सफल भएको थियो । हामीलाई आशा छ कि सक्षम २.० ले पनि अरु १००० महिला व्यवसायीहरुको सफलताको नयाँँ कथा रच्नेछ र लैङ्गिक न्यायपूर्ण र डिजिटल रूपमा सशक्त समाज निर्माण गर्न योगदान गर्न सक्षम हुनेछ।”

भर्खरै आफ्नो व्यवसाय शुरु गरेका अथवा व्यवसाय सञ्चालन गरेको एक वर्ष पनि नभएका व्यवसायीहरुले पनि यस यस मेन्टरशिप कार्यक्रममा आवेदन दिन सक्ने जनाएको छ।

easy care

प्रकाशित: २४ फाल्गुन २०७९, बुधबार