लक्ष्मी इन्टरकन्टिनेन्टलको ‘हुन्डाईसँग नयाँ वर्ष’ योजना, पाँच लाखसम्म नगद छुट

Technology Khabar १३ चैत्र २०७९, सोमबार

लक्ष्मी इन्टरकन्टिनेन्टलको ‘हुन्डाईसँग नयाँ वर्ष’ योजना, पाँच लाखसम्म नगद छुट

काठमाडौं ।

हुन्डाई अटोमोवाईल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आउँदै गरेको नयाँ वर्षलाई मध्यनजर गर्दै ‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ योजना सार्वजनिक गरेको छ । यो ग्राहकमुखी योजना यही चैत्र १३ गतेदेखि शुरु भएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले ५ लाख रुपैयाँसम्मको आकर्षक नगद छुटका साथै गाडीको निर्माण वर्षको आधारमा २ लाख रुपैयाँसम्मको छुट , नयाँ वर्ष बोनस ८० हजार रुपैयाँसम्म र एक्सचेन्ज बोनस ८० हजार रुपैयाँसम्म लगायत अकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन्।

यो योजनामा ग्राहकहरुले गाडी खरिद गर्दा थप १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउनेछन्। सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्गका साथै निःशुल्क सडक कर भुक्तानी सहित उपलब्ध हुनेछन् ।

हुण्डाईले गएको महिनामात्रै भेन्यू र एनआईओएस फेसलिफ्ट भर्जन लञ्च गरेको थियो । यस स्किमबाट हुण्डाईको कुनैपनि ह्याचब्याक, कम्प्याक्ट एसयूभी, एसयूभी तथा इभी गाडी खरिद गरि फाईदा लिन सक्नेछन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल भरी १७ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादक मध्येमा पर्दछ ।

easy care

प्रकाशित: १३ चैत्र २०७९, सोमबार

ताजा समाचार