नेपाल रेमिट र प्रभु म्यानेजमेन्टबीच सम्झौता, नेपाल रेमिटको भुक्तानी १५ हजार भन्दा बढि स्थानबाट भुक्तानी लिन सकिने

Technology Khabar २७ मंसिर २०७९, मंगलवार

नेपाल रेमिट र प्रभु म्यानेजमेन्टबीच सम्झौता, नेपाल रेमिटको भुक्तानी १५ हजार भन्दा बढि स्थानबाट भुक्तानी लिन सकिने

काठमाडौं ।

नेपाल रेमिट इन्टरनेशनल प्रालि र प्रभु म्यानेजमेन्ट प्रालि बीच व्यवसायिक सम्झौता भएको छ। सम्झौतापत्रमा नेपाल रेमिट इन्टरनेशनल प्रा.लि को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र प्रभु म्यानेजमेन्ट प्रा.लि को तर्फबाट अध्यक्ष कुसुम लामाले हस्ताक्षर गरे।

यस सम्झौताबाट प्रभु म्यानेजमेन्ट प्रा.लि नेपाल रेमिट इन्टरनेशनल प्रा.लि को मुख्य प्रतिनिधि भएको छ।

नेपाल रेमिट इन्टरनेशनल प्रा.लि ले नेपालका सबै बैंक खाताहरुमा रियल टाइममै रेमिट्यान्स जम्मा गर्दै आइ रहेको छ । बिभिन्न वालेट कम्पनीहरुसँग साझेदारी गरी विदेशवाट वालेटमा समेत रेमिट्यान्स् भित्राउँदै आएको छ।

बिगत १५ वर्ष देखि रेमिटान्स क्षेत्रमा काम गर्दै आएको साथै देशभर १०,००० भन्दा बढि स्थानबाट सेवा प्रदान गर्दै आएको नेपाल रेमिट इन्टरनेशनल प्रालि र बिगत एक दशकदेखि रेमिटान्स क्षेत्रमा काम गर्दे आएको प्रभु म्यानेजमेन्ट प्रा.लि बिचको सम्झौताले विश्वका हरेक क्षेत्रबाट पठाएको रकम नेपालमा सरल तरिकाबाट प्राप्त गर्न थप सरल छिटो र छरितो हुने अपेक्षा गरिएको छ।

प्रभु म्यानेजमेन्ट प्रा.लि सँगको सम्झौतासंगै नेपाल रेमिटका ग्राहकहरुले अब देशभर रहेका १५००० स्थानहरुबाट बिदेशबाट पठाएको रकमको भुक्तानी लिन सक्नेछन्।

Sajilo Visa

प्रकाशित: २७ मंसिर २०७९, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार