नेपाल टेलिकमको वार्षिकोत्सवको अवसरमा प्रतिस्पर्धी एनसेलले दियो सफलताको शुभकामना

Technology Khabar २२ माघ २०८०, सोमबार

नेपाल टेलिकमको वार्षिकोत्सवको अवसरमा प्रतिस्पर्धी एनसेलले दियो सफलताको शुभकामना

काठमाडौं ।

नेपाल टेलिकमले आज आफ्नो २० औं वार्षिकोत्सव मनाईरहेको छ। वार्षिकोत्सवको अवसरमा नेपाल टेलिकमले विभिन्न कार्यक्रमहरु समेत आयोजना गरिरहेको छ।

यसैबीच नेपाल टेलिकमको २० औं वार्षिकोत्सवको अवसर पारेर बजार प्रतिस्पर्धी कम्पनी एनसेलले बधाई तथा शुभकामना दिएको छ।

संभवत नेपाली बजारमा दुई प्रतिस्पर्धात्मक टेलिकम अपरेटरहरुले सार्वजनिक रुपमा एक आपसमा बधाई दिएको यो पहिलो पटक हुनसक्दछ। अन्य क्षेत्रका कम्पनीहरुले एक आपसमा शुभकामना आदान प्रदान गरिरहेपनि टेलिकम क्षेत्रमा भने यस्तो पहिलो पटक हो।

स्मरण रहोस् स्मार्ट टेलिकमको अनुमति स्वत खारेजीमा परेपछि हाल सरकारी टेलिकम अपरेटर नेपाल दूरसञ्चार कम्पनी लिमिटेड नेपाल टेलिकम र निजी क्षेत्रको अपरेटर एनसेल आजियाटा लिमिटेडको सेवा प्रतिस्पर्धामा रहेका छन्।

एनसेलले दिएको शुभकामना संदेशमा भनिएको छ, “नेपाली दूरसञ्चार जगतमा नेपाल टेलिकमका साथ काँधमा काँध मिलाई करोडौं आम नेपालीलाई अत्यावश्यक दूरसञ्चार सेवामा पहुँच सुनिश्चित गराउन पाएकोमा हामी अत्यन्तै हर्षित छौं। सम्पूर्ण एनसेल परिवारको तर्फबाट नेपाल टेलिकमलाई २०औं वार्षिकोत्सवको सुखद अवसरमा हार्दिक बधाई सफलताको शुभकामना।”

Sajilo Visa

प्रकाशित: २२ माघ २०८०, सोमबार

ताजा समाचार

एप्पल म्याप्स ‘बिटा’ अब वेबमा उपलब्ध

  • Technology Khabar
  • १२ श्रावण २०८१, शनिबार