कोरियामा सामसङ ग्यालेक्सी स्मार्टट्याग२ को डेब्यू

Technology Khabar १ कार्तिक २०८०, बुधबार

कोरियामा सामसङ ग्यालेक्सी स्मार्टट्याग२ को डेब्यू

काठमाडौं ।

यस महिनाको सुरुमा सार्वजनिक गरिएको सामसङ ग्यालेक्सी स्मार्टट्याग२ले मंगलबार कोरियामा डेब्यु गरेको छ। वाइट र ब्ल्याक कलरमा उपलब्ध सामसङ ग्यालेक्सी स्मार्टट्याग२को मूल्य २६ अमेरिकी डलर तोकिएको छ। यद्यपि ९५ अमेरिकी डलर मूल्यको ४ प्याक पनि छ।

सामसङ ग्यालेक्सी स्मार्टट्याग२ कोरियामा १८ अक्टोबरबाट बिक्री सुरु हुनेछ। जसले ३१ अक्टोबर २०२३ सम्म सामसङको आधिकारिक कोरियाली वेबसाइटबाट अब्जेक्ट ट्रयाकर खरिद गर्नेले ग्यालेक्सी स्मार्टट्याग२ का लागि निःशुल्क सिलिकोन वा रग्ड केस प्राप्त गर्नेछन्।

सिलिकोन केस पाँच कलर र मूल्य १६ अमेरिकी डलर तोकिएको छ भने तीन कलरमा उपलब्ध रग्ड केसको मूल्य १४ अमेरिकी डलर तोकिएको छ।

easy care

प्रकाशित: १ कार्तिक २०८०, बुधबार

ताजा समाचार