सामसङ ग्यालेक्सी ट्याब एस ९ एफई र बड्स एफईको घोषणा

Technology Khabar १८ आश्विन २०८०, बिहीबार

सामसङ ग्यालेक्सी ट्याब एस ९ एफई र बड्स एफईको घोषणा

काठमाडौं ।

सामसङले ग्यालेक्सी एस२३ एफई स्मार्टफोनको साथ आफ्नो फ्यान एडिसन लाइनअप विस्तार गर्दैछ। साथै यसमा केही नयाँ ट्याब एस ९ एफई ट्याब्लेट्स र ग्यालेक्सी बड्स एफई नाम दिईएको वायरलेस इयरबड्सहरू समावेश हुनेछ।

ग्यालेक्सी ट्याब एस९ एफई सिरिजमा १०.९ इन्चको ट्याब एस९ एफई र १२.४ इन्चको ट्याब एस९ एफई प्लस गरी वास्तवमा दुई आकारहरू समावेश रहेको र दुबै ट्याब्लेटहरुमा वाईफाई र फाईभजी ट्रिम्स रहेको उल्लेख गरिएको छ। ग्यालेक्सी ट्याब्लेटहरुमा एफएचडी प्लस रिजोल्युसन र ९० हर्ज रिफ्रेस रेट भएको आईपीएस एलसीडीहरू रहेका छन्।

त्यसैगरी आउटडोर इन्भायरोमेन्टस् (बाहिरी वातावरण) मा इम्प्रुभ्ड भिविङ्ग (सुधारिएको दृश्य) र डल्बी एटमोसका साथ डुअल स्पिकरहरूका लागि सामसङको भिजन बूस्टर पनि रहेको छ। ट्याब एस९ एफईको दुबै भर्सनहरू आईपी६८–रेटेड रहेका छन् भने ट्याब्लेटहरुको साथमा वाटर एण्ड डष्ट रेजीस्टेन्ट (पानी र धुलो प्रतिरोधी) एस पेन स्टाइलस पनि आउने जीएसएमएरिनामा उल्लेख गरिएको छ।

सामसङले ट्याब एस९ एफई मा ६/८ जीबी र्याम र एफई प्लस मोडलमा ८/१२ जीबीसँग आफ्नो एक्सिनोस १३८० चिपसेट पेयर्ड गरी प्रयोग गरेको उल्लेख छ। साथै दुबै भर्सनहरूमा १२८ जीबी वा २५६ जीबी स्टोरेज रहेको र त्यसलाई माइक्रोएसडी कार्ड स्लट मार्फत थप विस्तार गर्न सकिने उल्लेख गरिएको छ।

क्यामराको सन्दर्भमा, दुबै ट्याब्लेटमा १२ मेगापिक्सेल अल्ट्रावाइड फ्रन्ट–फेसिङ शूटरहरूका साथ १२० डिग्री फिल्ड अफ भ्यू र ८ मेगापिक्सेल प्राइमरी रियर मोड्युल रहेका छन्। ट्याब एस९ एफई प्लसमा पछाडि थप ८ मेगापिक्सेलको अल्ट्रावाइड मोड्युल रहेको छ।

त्यसैगरी ट्याब एस९ एफई मा ८,००० एमएएच ब्याट्री रहेको छ भने प्लस मोडलमा १०,००० एमएएच सेल समावेश गरिएको छ। दुबै ट्याब्लेटहरुले ४५ वाट फास्ट चार्ज समर्थन गर्ने उल्लेख छ। यद्यपी चार्जिङको लागि भने आफ्नै चार्जिङ ब्रिक आवश्यक पर्नेछ।

ग्यालेक्सी ट्याब एस९ एफई सिरिज मिन्ट, सिल्भर, ग्रे र ल्याभेन्डर रङ्गहरूमा उपलब्ध हुने उल्लेख छ। ट्याब एस९ एफईको युरोपमा सुरुवाती मूल्य ५२९ यूरो रहेको छ भने ट्याब एस९ एफई प्लसको मूल्य ६९९ यूरो रहेको उल्लेख छ। साथै फाईभजी मोडलहरूका लागि थप १०० यूरो अतिरिक्त पर्नेछ।

सामसङ ग्यालेक्सी बड्स एफई

सामसङ ग्यालेक्सी बड्स एफई १०९ यूरोको सुरुवाती मूल्यको साथ सामसङबाट हालसम्मको सबैभन्दा किफायती वायरलेस इयरबड्स हुन्। तिनीहरूले एक्टिभ नोईज क्यान्सिलेसन (एएनसी), ब्लुटुथ ५.२ कनेक्टिभिटीको साथ पेयर्ड डिभाइसहरू बीच अटो स्विच गर्नुका साथै तिनीहरूको चार्जिङ केस सहित कुल २१ घण्टा सम्मको प्लेटाइम प्रदान गर्नेछ।

बड्सले एएसी र एसबीसी अडियो कोडेकहरूलाई समर्थन गर्ने र इन्टिग्रेटेड टच कन्ट्रोल्स अफर गर्ने उल्लेख गरिएको छ। प्रत्येक इयरबडले ३ माइक्रोफोनहरू प्राप्त गर्दछ भने त्यसमा दुईवटा आउटर (बाहिरी) र अर्को इनर (भित्री) हुनेछ। सामसङले बड्स एफईलाई तीन फरक आकारको सिलिकन इयर टिप्स र राम्रो फिटिङ्गको लागि दुईवटा थप विङ्गटिप्सको साथ बन्डल गरेको छ।

त्यसैगरी ब्याट्री लाइफलाई एएनसीसँगको प्लेटाइम सहित ६ घण्टाको लागि रेटेड गरिएको छ भने त्यसमा चार्जिङ केस र यसको ४७९ एमएएच ब्याट्रीको साथ २१ घण्टासम्म विस्तार हुने उल्लेख छ।

easy care

प्रकाशित: १८ आश्विन २०८०, बिहीबार

ताजा समाचार