नोकिया १०६ (२०२३) सँगै नोकिया १०५ र ११० को रिफ्रेस्ड भर्सन सार्वजनिक

Technology Khabar २६ बैशाख २०८०, मंगलवार

नोकिया १०६ (२०२३) सँगै नोकिया १०५ र ११० को रिफ्रेस्ड भर्सन सार्वजनिक

काठमाडौं ।

नोकियाले नोकिया १०६ (२०२३) रग्ड फिचर फोनलाई नोकिया १०५ र नोकिया ११० को नयाँ संस्करणहरूसँगै अनावरण गरेको छ। नोकिया १०६ मा केही अपग्रेड गरिएका फिचर्ससहित हालै घोषणा गरिएको नयाँ नोकिया १०५ ४जी(२०२३)को जस्तै क्षमताहरू रहेको बताइएको छ।

नोकिया १०६ मा म्युजिक प्लेयर र स्नेक गेम पनि राखिएको छ भने १०५ ४जी(२०२३) मा उक्त फिचर समावेश नगरिएको उल्लेख गरिएको छ। टिकाउ अफरिङ्गसको लामो सूचीको साथ नोकियाले यसअघि फिचर फोन खण्डमा आफ्नो कब्जा जमाएको थियो।

मोबाइल फोनको प्रारम्भिक दिनहरूमा फिचर फोनहरूले बजारमा शासन गरेको र त्यस समयमा नोकिया ठूलो खेलाडी हुने गरेको बताइएको छ। स्मार्टफोनको आगमनसँगै फिचर फोनहरू ब्याकग्राउन्डमा रेलिगेट भएको उल्लेख गरिएको छ। यद्यपि फिचर फोनहरूले अझै पनि विश्वव्यापी बजारको विशाल (डेमोग्राफिक) जनसंख्याको मागहरू पूरा गरिरहेको बताइएको छ। फिचर फोनहरूको रग्डनेस र एफोर्ड्याबिलिटि (कठोरता र किफायतीता)का साथै तिनीहरूको एक्स्टेन्डेड (विस्तारित) ब्याट्री लाइफले गर्दा यी फोनहरूले प्रशंसकहरूलाई आकर्षित गर्न जारी राखेको छ। त्यसैगरी फिचर फोनहरू हाइकिङ वा क्याम्पिङको लागि उपयोगी ब्याकअप उपकरण भएको उल्लेख गरिएको छ।

गीज्मोचाइनाको रिपोर्टअनुसार नोकिया १०५ मा वायरलेस एफएम रेडियो, फ्ल्यासलाइट र परम्परागत कल मेनु जस्ता फिचरहरु समावेश गरिएका छन्। त्यसैगरी नोकिया १०६ मा एमपी ३ प्लेयर, स्नेक गेम र फ्ल्यासलाइट समावेश गरिएको उल्लेख गरिएको छ।

साथै नोकिया १०६ ले २२ दिनसम्मको स्ट्यान्डबाइ र १२ घण्टा कलहरू प्रदान गर्ने दाबी गरिएको छ। प्रयोगकर्ताहरूले नोकिया १०६ मा संगीत सुन्नको लागि भने एसडी कार्ड इन्स्टल गर्नुपर्ने बताइएको छ। नोकिया १०६ रातो, सियान र कालो गरी तीन रङ्गहरुमा उपलब्ध भएको उललेख गरिएको छ।

नोकियाको उक्त तीन नयाँ फिचर फोनहरूमा २जी नेटवर्कको क्षमता भएको उललेख गरिएको छ भने नोकिया ११० मा भने ४जी संस्करण पनि रहेको र त्यसलाई पहिले नै रिलिज गरिएको बताइएको छ। नेटवर्क क्षमताको भिन्नता बाहेक नयाँ २जी–सक्षम नोकिया ११० मा यसको पूर्ववर्तीको जस्तै फिचरहरु रहेको उल्लेख गरिएको छ।

नोकियाले तीनवटा नयाँ फिचर फोनहरूको पूर्ण मूल्य निर्धारणको बारेमा भने जानकारी उपलब्ध नगराएको बताइएको छ। यद्यपि तिनीहरू एकदमै एफोर्डेबल (किफायती) हुने अपेक्षा गरिएको छ। साथै नोकियाले नोकिया १०५ र १०६ को ४जी संस्करणहरू पनि जारी गर्ने योजना बनाएको बताइएको छ। त्यसैगरी नोकिया ११० ४जी प्रो अनावरणको नजिक हुन सक्ने सम्भावना रहेको उल्लेख छ।

easy care

प्रकाशित: २६ बैशाख २०८०, मंगलवार

ताजा समाचार