नोकियालाई भारतीय बजार फलिफाप, २०२३ को पहिलो त्रैमासिकमा बिक्री भारु ८२ अर्ब नाघ्यो

Technology Khabar ११ बैशाख २०८०, सोमबार

नोकियालाई भारतीय बजार फलिफाप, २०२३ को पहिलो त्रैमासिकमा बिक्री भारु ८२ अर्ब नाघ्यो

काठमाडौं ।

नोकियाका लागि भारतीय बजार फलिफाप भएको छ। नोकियाका स्मार्टफोन भारतमा राम्रो बिक्री भइरहेका छन् । कम्पनीले हालै एक प्रतिवेदन सार्वजनिक गर्दै यस्तो खुलासा गरेको हो। एचएमडी ग्लोबल कम्पनीले नोकिया ब्राण्ड अन्तर्गत स्मार्टफोन बनाउँछ। जसको भारतमा राम्रो बिक्री भएको बताइएको छ ।

सन् २०२३ को पहिलो त्रैमासिकमा नोकिया स्मार्टफोनको बिक्री १ अर्ब डलर पुगेको छ, जुन करिब ८२ अर्ब भारतीय रुपैयाँ हो । यसको पछाडिको कारण भारतमा फाइभजी प्रविधिको द्रुत प्रयोग र विस्तार भएको बताइएको छ।

२०२३ को पहिलो त्रैमासको रिपोर्ट जारी गर्दै, नोकियाले यो अवधिमा भारतमा आफ्नो नेट बिक्री ८२ अर्ब भारु नाघेको बताएको छ। कम्पनीको बिक्रीमा ३२७ प्रतिशतको एक ठूलो वृद्धि रिपोर्ट गरिएको छ।

ईटी टेलिकमको समाचार रिपोर्टका अनुसार यसको पछाडिको कारण भारतमा ५जी प्रविधिको द्रुत प्रयोग हो। भारतका दुई ठूला टेलिकम कम्पनी रिलायन्स जियो र एयरटेलले यसमा महत्वपूर्ण भूमिका खेलेका छन्। नोकिया टेलिकम सेक्टरमा पनि ठूलो खेलाडीको रूपमा उपस्थित छ र टेलिकम उद्योगसँग सम्बन्धित विभिन्न प्रकारका उपकरणहरू बनाउँछ।

भारतमा नोकियाको बिक्रीमा अत्याधिक वृद्धि भएको छ भने अर्कोतर्फ यहाँको बढ्दो बिक्रीका कारण उत्तर अमेरिकामा कम्पनीको घट्दो बिक्रीलाई थप घट्नबाट रोक्न मद्दत पुगेको प्रतिवेदनमा यो पनि भनिएको छ।

easy care

प्रकाशित: ११ बैशाख २०८०, सोमबार