नोकियाले एन्ड्रोएड १० मा आधारित तीन नयाँ फोनहरु चाँडै ल्याउन सक्ने

Technology Khabar १९ फाल्गुन २०७६, सोमबार

नोकियाले एन्ड्रोएड १० मा आधारित तीन नयाँ फोनहरु चाँडै ल्याउन सक्ने
NTC_Advt

काठमाडौं ।

काठमाडौं । नोकिया ब्रान्डको स्मार्टफोन बेच्ने कम्पनी एचएमडि ग्लोबलले चाँडै स्मार्टफोन बजारमा नोकियाको नयाँ स्मार्टफोनहरु ल्याउन सक्ने देखिएको छ । वास्तवमा नोकियाको तीन नयाँ स्मार्टफोनहरु वाईफाई अलायन्स वेबसाइटमा देखिएको हो ।

यी फोनहरुलाई मोडल नम्वर टिए–१२२३, टिए–१२२७ र टिए–१२२९ सँगै देखिएको हो । सर्टिफिकेशन साइटको माध्यमबाट आएको जानकारी अनुसार यी तिनैवटा डिभाईसहरु एन्ड्रोएड १० मा संचालन गर्नेछन् ।

यसबाहेक यी तीनवटै स्मार्टफोनमा डुअल ब्यान्ड वाईफाई सर्पोट रहने छ । नोकियाको टिए–१२२३, टिए–१२२७ र टिए–१२२९ मोडल नम्वरसँगै यी स्मार्टफोनहरुलाई पहिलो पटक भेटिएको हो । अवस्य नै आउँदा दिनमा यी स्मार्टफोनहरुको बारेमा अझ धेरै जानकारी सार्वजनिक हुने नै छ ।

यी स्मार्टफोनहरुको मोडल नम्वरहरु कम्पनीको नोकिया ६.२ र नोकिया ७.२ सँग धेरथोर मिल्ने भएकाले यी फोनहरु नोकिया ६.२ र ७.२ स्मार्टफोनको अपग्रेडेड भर्जन हुन सक्ने अनुमान लगाईएको छ । यसबाहेक कम्पनीको आउँदो फोन नोकिया १.३ सहित कम्पनीको बजेट स्मार्टफोनसँग सम्बन्धित हुन सक्ने पनि अनुमान लगाइएको छ ।

यद्पी हालसम्म यी स्मार्टफोनहरुको बारेमा धेरै जानकारी आएको छैन । तर कम्पनीले यस वर्षको अन्त्यमा यी स्मार्टफोनहरुको बारेमा घोषणा गर्न सक्ने देखिएको छ ।

यसअघि नोकिया १.३ स्मार्टफोनको लन्चको बारेमा जानकारी सार्वजनिक भएको थियो । नोकिया १.३ कम्पनीको एन्ट्रि लेभलको स्मार्टफोन हुने छ जुन लो बजेटमा लन्च गरिने छ । एक रिर्पोट अनुसार नोकिया १.३ को लुक कम्पनीले पहिले नै लन्च गरिसकेको नोकिया २.३ जस्तो हुने छ । एजेन्सी

प्रकाशित: १९ फाल्गुन २०७६, सोमबार