नोकियाले जर्मनीमा विश्वकै पहिलो ५जी स्वचालित रेलवे विकास गर्ने

Technology Khabar १० फाल्गुन २०७६, शनिबार

नोकियाले जर्मनीमा विश्वकै पहिलो ५जी स्वचालित रेलवे विकास गर्ने
Classic Tech

काठमाडौं । फाइभजीको विकास हाल शुरुवाती चरणमा नै अघिल्लो तहमा पुगिसकेको छ र सो प्रविधिले बिस्तारै विभिन्न क्षेत्रहरुमा अगाडि बढ्न थालेको छ ।

५जीलाई स्मार्टफोनभन्दा बाहिर हेर्दा याताायात, स्वास्थ्य, औद्योगिक उत्पादन, माइनिङ्गलगायतका क्षेत्रहरुमा प्रयोगको संभावना रहेको छ ।

हालै नोकियाले पनि यातायातकोक्षेत्रमा ५जी प्रविधिलाई प्रयोग गर्ने बताएको छ ।नोकियाले जर्मनीको ह्यामबर्गमा डयचे बानसँग सहकार्य गर्ने भएको छ । यी दुबै कम्पनीहरु मिेर विश्वकै पहिलो स्वतन्त्ररुपमा संचालन हुने ५जी फस्ट सिस्टम स्वचालित रेलवे संचालनका लागि विकास गर्ने भएका छन्।

जर्मन फेडलर रेलवेज प्रोजेक्टको एक अंशको रुपमा ह्यामबर्ग डिजिटल लाइट रेल प्रोजेक्ट संचालन हुँदैछ । यो डिजिटल रेलवे अपरेसन्सको लागि ५जीको एउटा निकै अगाडि बढेको प्राजेक्टको रुपमा आएको हो ।

नोकियाको लागि रेट यातायातमा ५जी एप्लिकेसन कुनै नयाँ विषय हुनेछैन् । किनकी कम्पनीले यसअघिदेखि नै २२ देशहरुमा रेलवे संचालनका लागि जीएसएमएआर सिस्टम उपलब्ध गराईरहेको छ । यसका साथै यसले ११० भन्दा बढि अपरेशनहरुमा नेटवर्क, नेटवर्क सेक्यूरिटी, आईओटि र एनालाईटिक्स सलुसनका लागि पनि जिम्मेबारी दिएको छ ।

जर्मनीको सो प्रोजेक्ट योजनाअनुसार यसले सन् २०२१ सम्ममा कुल २१ किलोमिटर लामो लाइट रेल उच्चतम किसिमको स्वचालित ट्रेन संचालन गर्ने लक्ष्य छ । यसको अन्तिम लक्ष्य भनेको नोकियाको ५जी नेटवर्कमार्फत ट्रेन कन्ट्रोल इन्फर्मेशन आदानप्रदान गर्नु र खाली रहेका ट्रेनहरुलाई मानिसको सहयता बिनानै मुख्य लाइनमा ल्याउनु रहेको छ ।

सो डिजिटल ट्रेनले नोकियाको ५जी नेटवर्कहुँदै कन्ट्रोल सेन्सरसँग आवश्यक डाटाहरु समेत आदानप्रदान गर्न सक्नेछ । एजेन्सी

प्रकाशित: १० फाल्गुन २०७६, शनिबार

Comments are closed.

Loading...