शाओमी १३ अल्ट्रा यस महिना विश्वव्यापी रूपमा लन्च हुँदै

Technology Khabar २४ चैत्र २०७९, शुक्रबार

शाओमी १३ अल्ट्रा यस महिना विश्वव्यापी रूपमा लन्च हुँदै

काठमाडौं ।

आफ्नो आगमनको समयमा उत्कृष्ट क्यामरा भएको फ्ल्यागशिप मानिएको शाओमी १२एस अल्ट्रा चीनमा मात्र लन्च गरिएको थियो। यद्यपी शाओमी १३ अल्ट्राको हकमा भने उक्त अवस्था परिवर्तन हुने बताइएको छ। शाओमी १३ अल्ट्रा यस महिना मात्र आइपुगेको र उक्त फोनलाई विश्वव्यापी बजारमा ल्याउने पुष्टि भएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

कम्पनीले लाइकासँगको साझेदारी नयाँ अल्ट्राको लागी जारी रहने वेईबोमा रहेको शाओमीको पृष्ठ र ट्विटर अन्तगर्तको लाइकाको प्रोफाइलमा पुष्टि गरेको बताइएको छ। फोनमा नयाँ सुम्मिक्रोन लेन्स सहित अद्वितीय र विश्वको पहिलो क्यामरा प्रणाली हुने थप बताइएको छ।

साथै सिंगापुरको सञ्चार नियामक आईएमडीएद्वारा मोडल नम्बर २३०४ एफपीएन  ६डीजी भएको फोनलाई अनुमोदन गरेको बताइएको छ। सूचीले अन्य कुनै पनि प्रमुख कुराहरुको बारेमा जानकारी प्रदान नगरेता पनि फोनमा फाइभजी कनेक्टिभिटी, ब्लुटुथ, वाई–फाई र एनएफसी रहने उल्लेख गरिएको छ। साथै उक्त फोनलाई अन्तर्राष्ट्रिय रुपमा लन्च गरिने बताइएको छ।

त्यसैगरी शाओमीले १२ एस अल्ट्रामा समावेश गरेको विशाल क्यामेरा टापु भन्दा पनि ठूलो क्यामरा आईल्याण्ड शाओमी १३ अल्ट्रामा समावेश हुने र यस फोनको बारेमा आगामी दिनहरूमा थप जानकारीहरु प्रदान गरिने अपेक्षा गरिएको र बताइएको छ।

easy care

प्रकाशित: २४ चैत्र २०७९, शुक्रबार