शाओमीको स्मार्टफोनले झुटो बोलेको पत्ता लगाउने, ल्याउँदैछ पोलिग्राफ डिटेक्टरयुक्त फोन

Technology Khabar २५ फाल्गुन २०७९, बिहीबार

शाओमीको स्मार्टफोनले झुटो बोलेको पत्ता लगाउने, ल्याउँदैछ पोलिग्राफ डिटेक्टरयुक्त फोन

काठमाडौं ।

शाओमीसँग नेपाली मोबाइल बजारमा स्मार्टफोन, लाइट र मोबाइल एक्सेसरीजको विस्तृत श्रृंखला छ। तर अब कम्पनीले एउटा नयाँ प्रोडक्ट तयार गर्ने योजना बनाएको छ, जसले अगाडि रहेको व्यक्तिको झुट समात्न मद्दत गर्नेछ।

वास्तवमा चिनियाँ कम्पनी शाओमीले पोलिग्राफ डिटेक्टरलाई अझ सटीक बनाउने दाबी गर्दै पेटेन्टको लागि आवेदन दिएको छ। यसका लागि, मेसिनले आँखाको पुतली वा ‘नानी’ को ट्र्याकिङ र स्नायु प्रणालीको ट्र्याकिङलगायत ‘नर्भ मुभमेन्ट’लाई ट्र्याक गर्नेछ।

सन् १९२१ मा पोलिग्राफ प्रविधिको आविष्कार भएको थियो र त्यसयता सोही मानक प्रविधिको प्रयोग भइरहेको छ । अब Xiaomi यो प्रविधिमा सुधार गर्न गइरहेको छ र यदि कसैले झुट बोल्यो भने, उसलाई तुरुन्तै ट्र्याक गर्न सक्षम हुनेछ।

गिज्मोचाइनाले आईटीहोमलाई उदृत गर्दै शाओमीले पोलिग्राफ विधि, यन्त्र, मोबाइल टर्मिनल र भण्डारण माध्यम उल्लेख गर्ने नयाँ प्याटेन्टको लागि दायर गरेको जानकारी दिएको छ। कम्पनीले यो नवीनतम प्रविधिमा आफ्नो पेटेन्ट चाहन्छ। यो प्रविधिले कुनै पनि व्यक्तिको झूटो बोलेको पत्ता लगाउन टेलिफोटो प्यान टिल्ट क्यामरा प्रयोग गर्नेछ, जसले गर्दा अनुहारको तस्बिर र अन्य गतिविधिहरू ट्र्याक गर्न सकिन्छ।

कसरी काम गर्नेछ

टेलिफोटो प्यान टिल्ट क्यामरालाई साँचो वा झुटको परीक्षण गर्ने व्यक्तिको अनुहारमा फोकस गर्न सक्ने कोणमा जडान गरिने छ। क्यामराले व्यक्तिको अनुहार, आँखा र अन्य चालहरू ट्र्याक गर्नेछ, त्यसपछि केही सेकेन्डमा विश्लेषण गरी नतिजा देखाउनेछ। स्मार्टफोनलाई मोबाइल टर्मिनलको रूपमा प्रयोग गर्न सकिन्छ। जानकारी अनुसार सुत्दा आँखा चल्ने र श्वासप्रश्वासमा असर पर्छ ।

एक अनुसन्धानका अनुसार जब कुनै व्यक्तिले झूटो बोल्छ, उसको आँखाको पुतलीको व्यास ४ प्रतिशतबाट ८ प्रतिशतसम्म घट्छ। यसका साथै उनको आँखा पनि छिटो झिम्किन्छ, जुन सामान्यभन्दा ८ गुणा बढी हुनेछ।

easy care

प्रकाशित: २५ फाल्गुन २०७९, बिहीबार