सिन्धुलीको बसपार्क र अस्पतालमा निःशुल्क वाइफाई

Technology Khabar २१ माघ २०७९, शनिबार

सिन्धुलीको बसपार्क र अस्पतालमा निःशुल्क वाइफाई

काठमाडौं ।

सिन्धुलीको कमलामाई नगरपालिकाले जिल्ला सदरमुकामस्थित बसपार्क र सिन्धुली अस्पतालमा फ्री वाइफाई सेवा सञ्चालनमा ल्याएको छ।

दुई वर्षदेखि बन्द उक्त सेवा बसपार्कमा यात्रु तथा अस्पतालमा बिरामी कुरुवालाई लक्षित गरी आइतबारदेखि पुनः सुचारु गरेको कमलामाई नगरपालिकाले जनाएको छ।

नगरप्रमुख उपेन्द्रकुमार पोखेलले यात्रु तथा बिरामी कुरुवाको सहजताका लागि अहिले बसपार्क र अस्पताल क्षेत्रमा फ्रो बाइफाई सञ्चालनमा ल्याएको बताए।

उनकाअनुसार नगर क्षेत्रलाई प्रविधिमैत्री बनाउने योजनाअन्तर्गत फ्री बाइफाई सेवा सुरु गरिएको हो।

फ्री बाइफाई सेवा आगामी दिनमा नगरका विभिन्न व्यस्त बजार, राजमार्ग क्षेत्र तथा चोकहरूमा समेत विस्तार गर्ने योजना नगरपालिकाको छ।

यसअघि नगरपालिकाले नगर क्षेत्रलाई प्रविधिमैत्री बनाउन सामुदायिक विद्यालयमा युट्युबबाट पढाइ सञ्चालन गरिसकेको जनाएको छ।

easy care

प्रकाशित: २१ माघ २०७९, शनिबार