दूरसञ्चार सेवामा हानी पुर्याउने दण्डको भागिदार हुने, के अब विद्युत प्राधिकरणले इन्टरनेटको तार काट्न बन्द गर्ला?

Technology Khabar १९ माघ २०७९, बिहीबार

दूरसञ्चार सेवामा हानी पुर्याउने दण्डको भागिदार हुने, के अब विद्युत प्राधिकरणले इन्टरनेटको तार काट्न बन्द गर्ला?

काठमाडौं ।

दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्रािधकरणले दूरसञ्चार पूर्वाधारहरुमा हानी नोक्सानी पुर्याउने दण्डको भागिदार हुने बताएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै दूरसञ्चार सेवासँग सम्बन्धि कुनै सम्पत्तिमा हानी नोक्सानी पुर्याउनु दण्डनीय भएको जानकारी दिएको हो।

पछिल्लो समय इन्टरनेट सेवा प्रदायक र नेपाल विद्युत प्राधिकरणबीच पोल भाडाका विषयमा असमजदारी बढ्दो क्रममा छ। जसका कारण नेपाल विद्युत प्राधिकरणले विभिन्न स्थानमा इन्टरनेटको तारमा क्षति पुर्याउँदै आएको छ। जसबाट उपभोक्ताले सहज रुपमा इन्टरनेट पहुँच गर्न पाइरहेका छैनन्।

दूरसञ्चार तथा इन्टरनेट सेवा नेपाल सरकारले पनि अति आवश्यक सेवाको रुपमा राखेको छ। इन्टरनेट सेवा अवरोध हुँदा इन्टरनेटमा आधारित अन्य सेवाहरुमा समेत अवरोध हुने गरेको छ।

‘नेपालको संविधान, २०७२ को अनुसूची ५ मा दूरसञ्चार सेवा संघको अधिकार क्षेत्रमा पर्ने उल्लेख भएको छ र हालसालै विभिन्न निकायहरूबाट दूरसञ्चार सेवामा विभिन्न किसिमका करहरू लगाउने, दूरसञ्चार सेवामा बाधा पर्ने किसिमका कार्यहरू गर्ने तथा यसका पूर्वाधारमा हानी÷नोक्सानी पुर्याउने गरी भए गरेको कार्यप्रति प्राधिकरणको गम्भीर ध्यानाकर्षण हुन गएको छ,’ सूचनामा लेखिएको छ।

यसरी दूरसञ्चार सेवासँग सम्बन्धित किसिमको गैर कानुनी कार्य नगर्न’नगराउन सम्बन्धित सबै पक्षसँग प्राधिकरणले अनुरोध गरेको छ।

साथै यस्ता कार्य गरी दूरसञ्चार पूर्वाधामा हानी नोक्सानी पुर्याउने कार्य भएको पाइएमा नजिकको प्रहरी चौकी वा प्राधिकरणलाई जानकारी गर्न पनि सूचनामा अनुरोध गरिएको छ।

easy care

प्रकाशित: १९ माघ २०७९, बिहीबार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार