नागरिक एपमा रहेको लाइसेन्स र ब्लुबुकलाई किन ट्राफिक प्रहरीले मान्यता दिँदैनन्, यस्तो छ कारण

Technology Khabar ५ माघ २०७९, बिहीबार

नागरिक एपमा रहेको लाइसेन्स र ब्लुबुकलाई किन ट्राफिक प्रहरीले मान्यता दिँदैनन्, यस्तो छ कारण

काठमाडौं ।

नागरिक एपमा सवारी सवारी चालक अनुमति पत्र (लाइसेन्स) र सवारी दर्ता किताब (ब्लुबुक) लिंक गर्ने सूविधा छ।

तर नागरिक एपमा भएको लाइसेन्स र ब्लुबुकलाई ट्राफिक प्रहरीले मान्यता दिने गरेका छैन। एपमा उपलब्ध लाइसेन्स र ब्लुबुकको आधारमा सवारी चालक वा धनीलाई कारबाही गर्न सकिने कानुनी व्यवस्था नभएकाले यसलाई मान्यता नदिएको ट्राफिक प्रहरीको भनाइ छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १३१ बमोजिम यातायात निरीक्षक वा प्रहरीले जाँचबुझको सिलसिलामा कुनै सवारी चालकको सवारी चालक अनुमति पत्र , सवारी दर्ता किताब र सवारी इजाजत पत्र हेर्न खोजेमा देखाउनु पर्ने व्यवस्था छ।

सोही ऐनको दफा १६४ को १(न) मा सवारी चालक अनुमति पत्र साथमा नराखी सवारी चलाएमा कसुर मानिने व्यवस्था रहेको र सोही ऐनको दफा ६० अनुसार ५ पटक भन्दा बढी सवारी नियम उल्लंघन गर्ने चालकको सवारी चालक अनुमति पत्र अधिकार प्राप्त अधिकारीले ६ महिना सम्मको लागि निलम्बन गर्न सक्ने व्यवस्था छ।

निलम्बनमा रहेको सवारी चालक अनुमति पत्र सम्बन्धी जानकारी नागरिक एपबाट नहुने र सवारी नियम उल्लंघन गरेमा कारवाही गर्नको लागि अनिवार्य सक्कल कागजात लिएर मात्र २४ घण्टे पुर्जी जारी गरिने भएकोले नागरिक ब्एए मा हेरेकै आधारमा २४ घण्टे पुर्जी जारी गर्न नमिल्ने भएकोले सवारी चालकले सवारी चालक अनुमतिपत्र लगायत सवारीसंग सम्बन्धित कागजातहरु अनिवार्य रुपमा साथमै राखि सवारीसाधन चलाउनु पर्ने कार्यालयको भनाइ छ।

easy care

प्रकाशित: ५ माघ २०७९, बिहीबार

ताजा समाचार