टेलिकमले शूरू गर्यो ई–सिम वितरण

Technology Khabar ३१ भाद्र २०७९, शुक्रबार

टेलिकमले शूरू गर्यो ई–सिम वितरण

काठमाडौं ।

नेपाल टेलिकमले ग्राहकहरुलाई निःशुल्क ई–सिम वितरण शुरू गरेको छ।

ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरुले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सकिने नेपाल टेलिकमले जनाएको छ।

आज शुक्रबार पहिलो दिन टेलिकमको काठमान्डौंस्थित सुन्धारा काउन्टरबाट ई–सिम वितरण सुरु गरेको हो।

टेलिकमका अनुसार, हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरुका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई–सिममा परिवर्तन गर्न सकिने छ।

यस्तै नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालका शुल्कमा ई–सिम उपलब्ध गराइने छ भने नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने निकट भविष्यमा सो सिम उपलब्ध नगराइने टेलिकमले उल्लेख गरेको छ।

ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका नेपाल टेलिकमका पहिलेदेखिका ग्राहकले सो सिम लिनका लागि आवश्यक फारम भरेर बुझाउनु पर्नेछ।

ई–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो।

ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता नपर्नुका साथै फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न सेवा उपयोग गर्न सकिनेछ।

ई–सिम प्रयोगमा आएपश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन। मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइस डिभाइसहरूमा समेत प्रयोग गर्न सकिन्छ।

हालका सबै प्रयोगकर्ताले समेत ई–सिम प्रयोग गर्न सक्नेछन् भने नयाँ प्रयोगकर्ताले पनि सहज तरिकाले ई–सिम लिन सक्ने टेलिकमले जनाएको छ।

easy care

प्रकाशित: ३१ भाद्र २०७९, शुक्रबार

ताजा समाचार