सामसङ ग्यालेक्सी वाच५ सार्वजनिक अघि मूल्य बाहिरियो

Technology Khabar ८ श्रावण २०७९, आईतवार

सामसङ ग्यालेक्सी वाच५ सार्वजनिक अघि मूल्य बाहिरियो

काठमाडौं ।

सामसङले नयाँ फ्यागशिप स्मार्टवाच बजारमा ल्याउने काम गरिरहेको छ। कम्पनीले ग्यालेक्सी वाच५ र वाच५ प्रोमा काम गरिरहेको हो।

यी वाचले अघिल्लो वर्ष बजारमा आएको वाच४ क्लासिकलाई प्रतिस्थापन गर्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।

यी स्मार्टवाच अगष्टमा सार्वजनिक हुने सम्भावना छ। सामसङले स्मार्चवाच सार्वजनिक अघि नै मूल्य खुलासा गरेको छ।

डिलएनटेकका अनुसार ग्यालेक्सी वाच५ यसको पूर्ववर्तीभन्दा केही सस्तो हुनेछ।

वाच५ ४०एमएम (बीटी भर्सन) को मूल्य २५६ यूरो र ४४एमएमको मूल्य २८६ राखिएको छ।

वाच५ प्रोको ४४ एमएम बीटी भर्सनको मूल्य ४३० यूरो निर्धारण गरिएको छ। यो गत वर्षको तुलनामा धेरै मूल्य धेरै हो।

यो मूल्य यूरोपको भरपर्दो खुद्रा बिक्रेताबाट प्राप्त भएको जीएसएमएरिनाले जनाएको छ। यसको मूल्य धेरै हदसम्म सही हुने गरेको छ।

easy care

प्रकाशित: ८ श्रावण २०७९, आईतवार