पाल्पाको रामपुर क्षेत्रमा टेलिकमको उच्च गतिको इन्टरनेट सेवा

Technology Khabar ८ श्रावण २०७९, आईतवार

पाल्पाको रामपुर क्षेत्रमा टेलिकमको उच्च गतिको इन्टरनेट सेवा

काठमाडौं ।

नेपाल टेलिकम पाल्पाले जिल्लाको पूर्वी भेग रामपुरमा उच्च गतिको इन्टरनेट सेवा सुरु गरेको छ।

रामपुर नगरभित्रका विभिन्न स्थानमा टेलिकमले फाइबर टु–दि–होम (एफटीटीएच) प्रविधि मार्फत उच्च गतिको इन्टरनेट पूर्वाधार विस्तारसँगै सेवा सुरु गरेको हो। कार्यालयले नेटवर्क विस्तार गरेपछि ग्राहकका घर–घरमा उच्च गतिको इन्टरनेट वितरण सुरु गरेको जनाएको छ।

हाल यो सेवा रामपुर बेझाडबजार चोक, श्रीनगरहोटल क्षेत्र, बाङ्गेपसल जाने बाटो, मटेरी जाने बाटो, विजपुरलगायतका स्थानमा उपलब्ध गराइएको दूरसञ्चार कार्यालय पाल्पाका प्रमुख ढाकाराम पौड्यालले जानकारी दिए।

हाल कम्पनीले विभिन्न प्याकेज मार्फत एफटिटिएच सेवा उपलब्ध गराउँदै आएको उनले जानकारी दिए।

ग्राहकहरूले इन्टरनेट सेवा, टेलिभिजन सेवा र भ्वाइस सेवा तथा यी मध्ये कुनै आवश्यक सेवा पनि लिन सक्नेछन् ।

कम्पनीले निकै सस्तो दरमा ८ एमबीपीएसदेखि १०० एमबीपीएस क्षमतासम्मको इन्टरनेट प्रदान गर्दै आइरहेको कार्यालयका सूचना अधिकारी श्रीराम रेग्मीले जानकारी दिए। वार्षिक प्याकेज लिने ग्राहकहरूलाई एक सय मिटरसम्म अप्टिकल फाइबर केबुल र सिपिए–राउटर निःशुल्क उपलब्ध गराइएको उनले जानकारी दिए।

ग्राहकले एकमहिने, तीनमहिने र एकवर्षे एफटीटीएच प्याकेज लिन सक्नेछन्।

आइपीमा आधारित एचडी टेलिभिजन हेर्न सकिने भएकाले सेवाग्राही दैनिक बढिरहेको रेग्मीले बताए। गोरखापत्रबाट

easy care

प्रकाशित: ८ श्रावण २०७९, आईतवार