नेपालमा फोरजी प्रयोगकर्ता पौने २ करोड

Technology Khabar ६ श्रावण २०७९, शुक्रबार

नेपालमा फोरजी प्रयोगकर्ता पौने २ करोड

काठमाडौं ।

नेपालमा फोरजी प्रयोगकर्ता पौनो २ करोड पुगेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०७९ बैशाखको एमआईएस रिपोर्ट अनुसार फोरजी प्रयोगकर्ता १ करोड ७६ लाख ६६ हजार ६९६ पुगेको देखिएको हो।

नेपाल टेलिकम, एनसेल आजियाटा र स्मार्ट टेलिकमले नेपालमा फोरजी सेवा उपलब्ध गराउँदै आइरहेको छ। यी तीन सेवा प्रदायकमध्ये सबैभन्दा धेरै फोरजी प्रयोगकर्ता सरकारी सामित्वको नेपाल टेलिकमको रहेको छ।

नेपाल टेलिकम १ करोड ८ लाख ९४ हजार ३७० फोरजी ग्राहक सहित शीर्ष स्थानमा रहेको छ। दोस्रो स्थानमा रहेको एनसेलेको फोरजी ग्राहक ६६ लाख १८ हजार ३९८ र स्मार्ट टेलिकमको १ लाख ५३ हजार ९२८ फोरजी ग्राहक छन्।

easy care

प्रकाशित: ६ श्रावण २०७९, शुक्रबार