अमेजनले भारतमा स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराउने

Technology Khabar ६ श्रावण २०७९, शुक्रबार

अमेजनले भारतमा स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराउने

काठमाडौं ।

अमेजनले भारतमा स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ। टेकक्रन्चका अनुसार अमेजनले आफ्नो तीब्र र किफायती इन्टरनेट सेवा कुइपर भारतमा सञ्चालन गर्न लागेको हो।

रिपोटका अनुसार अमेजनले कुइपर परियोजना शुरु गर्न भारतलाई सम्भावित बजारको रुपमा पहिचान गरेको छ।

अमेरिकी ई कमर्श कम्पनीले भारतमा इन्टरनेट सेवा शुरु गर्न म्यानेजर खोजिरहेको छ। भारतमा कम्पनीको पृथ्वीको कम परिक्रमा गर्ने स्याटेलाइट प्रयोग गर्ने योजना बनाएको छ।

कम्पनीले भारतको बैंगलोरमा कार्यरत रहनेगरी भारत र एसिया प्रशान्त देशहरुमा परियोजनाको इजाजतपत्र रणनीति कार्यान्वयन र परियोजना सञ्चालन गर्न सक्ने म्यानेजर नियुक्त गर्न खोजिरहेको छ।

यस्तै कम्पनीले विश्वव्यापी रुपमा ब्रोडब्यान्ड सेवा शुरु गर्न र सञ्चालन गर्न व्यपार रणनीति नेतृत्वकर्ता पनि नियुक्त गर्न चाहेको छ।

अमेजनले एक वर्षभन्दा बढी समयदेखि भारतमा इन्टरनेट सेवा शुरु गर्न काम गरिरहेको छ।

व्यापक ब्रोडब्यान्ड स्याटलाइट इन्टरनेट उपलब्ध गर्न अमेजनले सन् २०१९ मा कुइपर परियोजना शुरु गरेको हो।

कम्पनीले यस परियोजनामा १० बिलियन अमेरिकी डलरभन्दा बढी लगानी गर्ने घोषणा गरेको छ। यसबाट विश्वभर इन्टरनेट सेवा प्रयोग गरिरहेका तथा इन्टरनेटको पहुँचमा नपुगेका समूदायलाई किफायती ब्रोडब्यान्ड उपलब्ध गराउने योजना बनाएको छ।

यूएस फेडरल कम्युनिकेसन्स कमिसन (एफसीसी)ले गत वर्ष कम्पनीलई ३२ सय भन्दा बढी इन्टरनेट स्याटेलाइट प्रक्षेपण र सञ्चालन गर्न अनुमति प्रदान गरिसकेको छ।

कम्पनीले चालु वर्षको अन्त्यसम्म आफ्नो पहिलो स्याटलाइन प्रक्षेपण गर्ने योजना बनाएको छ। कुइपर इन्टरनेटको पहिलो बजार अमेरिका हुने सम्भवना छ। अमेरिकामा कम्पनीले कुइपर इन्टरनेट रोल आउट गर्नेछ।

easy care

प्रकाशित: ६ श्रावण २०७९, शुक्रबार