यूरोपको स्मार्टफोन बजार १२ प्रतिशतले घट्यो

Technology Khabar २ असार २०७९, बिहीबार

यूरोपको स्मार्टफोन बजार १२ प्रतिशतले घट्यो

काठमाडौं ।

यूरोपको स्मार्टफोन बजार १२ प्रतिशतले घटेको छ। सन् २०२२ को पहिलो त्रैमासमा यूरोपको स्मार्टफोन बजार १२ प्रतिशतले घटेको रोयटर्सले उल्लेख गरेको छ।

काउन्टरपोइन्ट रिसर्चको रिपोटअनुसार पछिल्लो एक दशकको अवधिमा यूरोपियन बजारमा स्मार्टफोन सबैभन्दा कम ढुवानी भएको हो।

कम्पोनेन्टको अभाव, चीनमा कोभिड–१९ कारण लकडाउन, रुस युक्रेन युद्धका कारण बिग्रदो अर्थतन्त्र लगायत कारणले स्मार्टफोनको बिक्रीमा गिरावट देखिएको रिसर्च फर्मले जनाएको छ।

यूरोपियन बजारको लिडर सामसङको ढुवानी १६ प्रतिशत र एप्पलको ६ प्रतिशतले घटेको छ। बिक्री बढाउनेमा शीर्ष ५ ब्राण्ड मध्येमा रियलमी मात्र रहेको छ।

यूरोपमा बढ्दो मूल्य वृद्धिले उपभोक्ताको खर्च क्षमतामा ह्रास आएको छ। सामसङ र एप्पलले रुसमा आफ्नो सम्पूर्ण ढुवानी रोकेका छन्। यसले पनि यूरोपिय बजारमा स्मार्टफोनको ढुवानी घट्न पुगेको हो,’ काउन्टरप्वाइन्ट रिसर्चका एसोसिएट डाइरेक्टर जान स्ट्राइजकले भने।

रिसर्च फर्मले युरोपमा स्मार्टफोनको ढुवानीमा केही क्वाटरसम्म घट्ने अनुमान गरेको र विशेष गरी दोस्रो त्रैमाससम्म गिरावट जारी रहने छ।

easy care

प्रकाशित: २ असार २०७९, बिहीबार

ताजा समाचार