१८ करोड ५७ लाख रुपैयाँ पुरस्कार रहेको पब्जी मोबाइल प्रो लिग आजबाट शुरु

Technology Khabar ५ जेष्ठ २०७९, बिहीबार

१८ करोड ५७ लाख रुपैयाँ पुरस्कार रहेको पब्जी मोबाइल प्रो लिग आजबाट शुरु

काठमाडौं ।

पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया च्याम्पियनशिप आजबाट शुरु हुने भएको छ।

पीएमपीएलका खेल आज जेठ ५ गतेदेखि जेठ ८ गतेसम्म सञ्चालन हुनेछन्। खेल नेपाली समयअनुसार साँझ ६ः१५ बजेदेखि सुरु हुनेछ। दक्षिण एसिया क्षेत्रको १६ टिम उपाधिका लागि ४ दिन प्रतिस्पर्धा गर्नेछन्।

२४ खेलमा सर्वाधिक अंक हासिल गर्ने टिमले उपाधि हात पार्नेछ।

१ लाख ५० हजार अमेरिकी डलर पुरस्कार राशी

पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया च्यापिम्पयनशिपको कुल पुरस्कार राशी १ लाख ५० हजार अमेरिकी डलर रहेको छ। सहभागी टिमहरुको प्रदर्शनको आधारमा उक्त धनराशी प्राप्त गर्नेछन्।

यस प्रतियोगितामा पीएमपीएल साउथ एसिया स्प्रिङ २०२२ का १० टिम र पीएमपीएल पाकिस्तान स्प्रिङका शीर्ष ६ टिम अन्तिम प्रस्पिर्धाका लागि छनोट भएका छन्।

सहभागी टिमले एक दिनमा ६ ओटा गरी जम्मा २४ वटा खेल खेल्नेछन् जसमा सर्वाधिक ६-६ टिम नेपाल र पाकिस्तानका रहेका छन्। मंगोलियाका ३ र बंगलादेशको १ टिम रहेका छन्।

यस्ता छन् पीएमपीएल साउथ एसिया च्याम्पियनशिपमा सहभागी टिम:

स्टलवार्ट स्पोर्ट (मंगोलिया)

डेडआई गाइज (नेपाल)

ट्रेन्ड टु किल (नेपाल)

आईएचसी स्पोर्ट (मंगोलिया)

ज्यानमारा (नेपाल)

स्काईलाईट गेमिङ (नेपाल)

सिल स्पोर्ट (मंगोलिया)

डीआरएस गेमिङ (नेपाल)

हाई भोल्टेज (नेपाल)

फ्यान्टम स्पोर्ट (बंगलादेश)

५२एक्सरेज स्पोर्ट (पाकिस्तान)

टिम टीयूएफ (पाकिस्तान)

आई८ ईस्पोर्ट (पाकिस्तान)

द ग्राउन्डर्स (पाकिस्तान)

आर३जीआईसीआईडीई (पाकिस्तान)

फ्री स्टाइल (पाकिस्तान)

easy care

प्रकाशित: ५ जेष्ठ २०७९, बिहीबार