बिदाको बिच नेपाल टेलिकमले आइतबार ग्राहक सेवा केन्द्र संचालन गर्ने

Technology Khabar ३१ बैशाख २०७९, शनिबार

बिदाको बिच नेपाल टेलिकमले आइतबार ग्राहक सेवा केन्द्र संचालन गर्ने

काठमाडौं ।

नेपाल टेलिकमले वैशाख ३० गतेदेखि शुरु भएको ४ दिने बिदाको समय भित्र पनि ग्राहकहरुलाई आफ्ना सेवाहरु दिने भएको छ।

कम्पनीले जेठ २ गतेसम्मको बिदा अवधिमध्ये जेठ १ गते आइतवार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सेवाहरु सुचारु राख्ने जानकारी दिएको हो ।

कम्पनीले बागमती प्रादेशिक निर्देशनालयअन्तरगतका सेवा केन्द्रहरु सो एक दिन खुला राख्ने जनाएको छ।

जसअनुसार दूरसञ्चार कार्यालय सुन्धारा, नक्साल, चावहिल, हात्तीगौंडा, गोंगबु, छाउनी, पाटन, ठिमी, बनेपा, हेटौंँडा, भरतपुर र टाँडीका सेवाकेन्द्रहरुमार्फत सेवा दिने भएको हो।

ल्याण्डलाइन, एडीएसएल, एफटिटिएच, जीएसएमको महसुल भुक्तानी, सिम वितरण तथा परिवर्तन सम्बन्धी कार्यका लागि ग्राहक सेवा केन्द्र सञ्चालन हुने छ।

easy care

प्रकाशित: ३१ बैशाख २०७९, शनिबार

ताजा समाचार