मस्कले ४४ अर्ब डलरको ट्विटर किन्ने सम्झौता अस्थायी रूपमा रोके

Technology Khabar ३० बैशाख २०७९, शुक्रबार

मस्कले ४४ अर्ब डलरको ट्विटर किन्ने सम्झौता अस्थायी रूपमा रोके

काठमाडौं ।

टेस्लाका मालिक इलन मस्कले ट्विटर किन्ने सम्झौता तत्कालका लागि रोकिएको जानकारी दिएका छन् । उनले हालै एक ट्वीटमार्फत सो सम्झौता रोकिएको बताएका हुन्।

“ट्विटर सम्झौता अस्थायी रूपमा रोकिएको छ, स्पाम वा नक्कली खाताहरूले प्रयोगकर्ताहरूको पाँच प्रतिशत भन्दा कम प्रतिनिधित्व गर्दछ, र थप विवरणहरू थाहा हुन बाँकी छ,” उनले ट्वीटमा लेखे।

रोयटर्सको रिपोर्ट अनुसार, ट्विटरमा स्पाम वा नक्कली खाताहरूले दैनिक सक्रिय प्रयोगकर्ताहरूको पाँच प्रतिशत भन्दा कम प्रतिनिधित्व गर्दछ जुन पहिलो क्वाटरमा मनिटाइज गर्न सकिन्छ। अर्थात् फेक अकाउन्ट भएका यस्ता प्रयोगकर्तामध्ये पाँच प्रतिशतभन्दा कम मात्र मनिटाइज भएका छन्।

मोनेटाइज्ड प्रयोगकर्ताहरू ती हुन् जसलाई विज्ञापन दिइन्छ र बदलामा रकम भुक्तानी गरिन्छ। ट्विटरमा पहिलो त्रैमासिकमा विज्ञापन गरिएका करिब २२ करोड ९० लाख प्रयोगकर्ताहरू थिए।

हाल विश्वकै धनी व्यक्ति मस्कले ४४ अर्ब डलरमा ट्विटर किन्न प्रस्ताव गरेका छन्, जसलाई कम्पनीले स्वीकार गरेको छ।

टेस्लाका सीईओ मस्क, जसले आफू अझै अधिग्रहणको लागि प्रतिबद्ध रहेको बताएका छन्। उनले सान फ्रान्सिस्कोमा रहेको कम्पनीलाई आफ्नो “उत्तम र अन्तिम प्रस्ताव” स्वीकार गर्ने प्रयासमा अप्रिल २५ मा ट्विटर किन्न सहमत हुँदा ड्यू डिलिजेन्स अडिट छोड्ने निर्णय गरे।

ट्विटरबाट नियामकमा गरिएको फाइलिङहरू अनुसार माइक्रोब्लगिङ साइटमा स्पाम खाताहरूको अनुमानित संख्या २०१३ यता ५ प्रतिशत भन्दा कममा स्थिर रहेको छ। केही विश्लेषकहरूले मस्कले किन यसलाई उठाउँदै छन् भनेर प्रश्न गरेका छन्।

easy care

प्रकाशित: ३० बैशाख २०७९, शुक्रबार

ताजा समाचार