हार्ट कोडनेम भएका सामसङका तीन नयाँ स्मार्टवाचको विवरण बाहिरियो

Technology Khabar २३ बैशाख २०७९, शुक्रबार

हार्ट कोडनेम भएका सामसङका तीन नयाँ स्मार्टवाचको विवरण बाहिरियो

काठमाडौं ।

सामसङले हार्ट कोडनेम भएका तीन ओटा नयाँ स्मार्टवाच ल्याउने भएको छ।

यसमा हार्ट-एस, हार्ट-एल र हार्ट-प्रो रहने बुझिएको छ।

हालै ग्यालेक्सी क्लबले यो जानकारी बाहिर ल्याएको जीएसएमएरिनाले जनाएको छ।

उक्त क्लबले यो हार्ट कोडनेम भएको डिभाइस ग्यालेक्सी वाच ५ हुन सक्ने आकलन गरेको छ तर पक्का भने भएको छैन।

रिपोर्टमा सामसङ ग्यालेक्सी वाच सम्बन्धी रणनीति परिवर्तन गर्न खोजिरहेको बताइएको छ। ग्यालेक्सी वाच ४ क्लासिक भेरियन्टमा आएको र ग्यालेक्सी वाच एक्टिभ२ को उत्तराधिकारी आएको छैन। यस हिसाबले यो स्मार्टवाच बन्द पनि हुन सक्ने रिपोर्टमा उल्लेख छ।

हाल आएका हार्ट सिरिजमध्ये हार्ट-एस सबैभन्दा सानो भेरियन्ट हो जुन ४० वा ४२ एमएम साइजमा आउँछ। यस्तै हार्ट-एल ४४ वा ४६ एमएमको सबैभन्दा रहेको बताइएको छ।

easy care

प्रकाशित: २३ बैशाख २०७९, शुक्रबार

ताजा समाचार