प्रदेशको कुल गार्हस्थ उत्पादन: सञ्चार र सूचना प्रविधि क्षेत्रको योगदान कति?

Technology Khabar २२ बैशाख २०७९, बिहीबार

प्रदेशको कुल गार्हस्थ उत्पादन: सञ्चार र सूचना प्रविधि क्षेत्रको योगदान कति?

काठमाडौं ।

केन्द्रीय तथ्याङ्क विभागले प्रदेशस्तरीय कुल गार्हस्थ्य उत्पादनको तथ्याङ्क सार्वजनिक गरेको छ।

अर्थतन्त्रका विविध पक्षहरूलाई मापन गरी आर्थिक नीति निर्माण गर्न तथा आर्थिक विकासका गतिविधिहरूको अनुगमन तथा मूल्यांकन गर्नका लागि विभागले नियमित रुपमा राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादन लगायत समष्टिगत आर्थिक सूचकहरू तथा त्यससँग सम्बन्धित तथ्याङ्कहरू तयार गरी सार्वजनिक गर्दै आइरहेको छ।

आर्थिक वर्ष २०७५/७६ देखि शुरु भएको प्रदेशस्तरको कुल गार्हस्थ्य उत्पादनको अनुमान गर्ने कार्यको निरन्तरतास्वरुप यो तथ्याङ्क आएको हो।

विभागले टप डाउन अप्रोच प्रयोग गरी राष्ट्रिय तहमा अनुमान गरिएको आर्थिक क्रियाकलापहरूका वर्गीकरण अनुसारका प्रत्येक क्षेत्रको कुल मूल्य अभिवृद्धिका अनुमानहरूलाई उपयुक्त सूचकको आधारमा प्रदेश तहमा विभाजन गरेको छ।

कुल गार्हस्थ उत्पादनमा योगदान दिने थुप्रै क्षेत्रहरुमध्ये सूचना तथा सञ्चार पनि एक हो। आर्थिक वर्ष २०७८/७९ मा यो क्षेत्रको योगदान विभिन्न प्रदेश  निम्न अनुसार हुने प्रतिवेदनमा उल्लेख छ।

प्रदेश कुल गार्हस्थ उत्पादनमा योगदान प्रतिशत
९.१
मधेश ७.०
बागमती ३१.२
गण्डकी १०.९
लुम्बिनी १६.६
कर्णाली २.८
सुदूरपश्चिम ५.७

यस तालिका अनुसार कुल गार्हस्थ उत्पादनमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रले बागमतीमा सबैभन्दा बढी ३१.२ प्रतिशत योगदान गरेको देखिन्छ भने कर्णालीमा सबैभन्दा कम २.८ प्रतिशत योगदान दिएको देखिन्छ।

त्यसबाहेक समग्र कुल गार्हस्थ उत्पादनको मधेश प्रदेशमा ७ प्रतिशत, गण्डकीमा १०.९ प्रतिशत, लुम्बिनीमा १६.६ प्रतिशत र सुदूरपश्चिममा ५.७ प्रतिशत हिस्सा ओगटेका प्रतिवेदनले देखाएकव छ।

easy care

प्रकाशित: २२ बैशाख २०७९, बिहीबार