आईफोन १३ का लागि बीओईद्वारा ओएलईडी उत्पादन स्थगित

Technology Khabar २२ बैशाख २०७९, बिहीबार

आईफोन १३ का लागि बीओईद्वारा ओएलईडी उत्पादन स्थगित

काठमाडौं ।

आईफोन १३ का लागि बीओईद्वारा हुँदै आएको ओएलईडी स्क्रीन उत्पादन फेब्रुअरीयता स्थगित भएको पाइएको छ।

कोरियाली सञ्चारमाध्यक द इलेकको हालै आएको एक रिपोर्ट अनुसार कम्पनीले पूर्वसूचना बिना सर्किटको चौडाई तलमाथि पारेकाले एप्पलले उत्पादन रोक्न भनेको जीएसएमएरिनले उल्लेख गरेको छ।

डिस्प्ले ड्राइभर आईसीको अभाव भएपछि बीओईको ओएलईडी प्यानलको उत्पादनमा कमी आएको थियो। बीओईले दक्षिण कोरियाली सेमिकन्डक्टर कम्पनी एलएक्स सेमिकनबाट उक्त डिस्प्ले ड्राइभर प्राप्त गर्दै आएको थियो।

यसो भनिए पनि उत्पादन स्थगित हुनुमा कम्पनीले फोनको भित्री बनावटमा असर पार्ने थिन-फिल्म ट्रान्सिस्टर एप्ललाई पूर्वसूचना नदिई परिवर्तन गरेको भन्ने हो।

तर रिपोर्टमा यो समस्या दुवै पक्षका लागि खासै ठूलो नभएको उल्लेख छ। सामसङ र एलजीमा मात्र भर पर्न नपरोस् भनेर एप्पलले आफ्ना ओएलईडी आपूर्तिकर्तामा विविधीकरण गरेको द इलेकको आकलन छ।

आउँदै गरेको आईफोन १४ का लागि भने बीओईले स्क्रीन आपूर्ति गर्ने अपेक्षा गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

easy care

प्रकाशित: २२ बैशाख २०७९, बिहीबार

ताजा समाचार