गुगलद्वारा पिक्सेलका लागि मे अपडेट उपलब्ध, पिक्सेल ६ र ६ प्रोको समस्या समाधान हुने

Technology Khabar २० बैशाख २०७९, मंगलवार

गुगलद्वारा पिक्सेलका लागि मे अपडेट उपलब्ध, पिक्सेल ६ र ६ प्रोको समस्या समाधान हुने

काठमाडौं ।

गुगलले आफ्ना पिक्सेल डिभाइसहरुका लागि मे महिनाको एन्ड्रोइड अपडेट ल्याएको छ।

यो अपडेटमा सधैंका झैं सेक्युरिटी प्याचका साथै पिक्सेल डिभाइसका लागि उपयोगी विशेष फिचर पनि समावेश छ।

जीएसएमएरिनाका अनुसार उक्त विशेष फिचरमा पिक्सेल ६ तथा ६ प्रो डिभाइसमा रहेका समस्या र तिनका ह्याप्टिक्स सम्बन्धी रहेका बुझिएको छ।

गत महिनाको अपडेटपछि यी फोन यूजरहरुले नोटिफिकेशन भाइब्रेशनमा समस्या भोगिरहेका थिए। अबको अपडेटमा यी समस्या समाधान हुने बुझिएको छ।

यसबाहेक मे अपडेटले यूजरको अन्तरक्रिया बिना नै स्क्रीन अन हुने तथा डिभाइस रिस्टार्ट भएपछि लञ्चर क्र्याश हुने समस्या पनि समाधान गर्ने अपेक्षा गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

easy care

प्रकाशित: २० बैशाख २०७९, मंगलवार