इन्फिनिक्सको स्मार्ट ६ नेपाली बजारमा, ५,००० एमएएचको पावरफुल ब्याट्री प्याक

Technology Khabar ३० चैत्र २०७८, बुधबार

इन्फिनिक्सको स्मार्ट ६ नेपाली बजारमा, ५,००० एमएएचको पावरफुल ब्याट्री प्याक

काठमाडौं ।

नेपालका लागि इन्फिनिक्स स्मार्टफोन ब्राण्डको आधिकारीक आयातकर्ता तथा बितरक कम्पनी सारथी इन्टरप्राइजेजले नेपाली बजारमा नयाँ बजेट स्मार्टफोन लन्च गरेकोछ।

चर्चित अन्तराष्ट्रिय ब्राण्ड इन्फिनिक्सले नेपाली बजारमा स्मार्ट ६ मोडल लन्च गरेको छ। कम्पनीले नेपाली उपभोक्ताहरुको रुची र मागलाई ध्यानमा राखेर बजेट श्रेणीमा आकर्षक फिचर भएको नयाँ स्मार्टफोन ल्याएको हो।

यो स्मार्टफोनमा ६.६ इन्चको एचडी प्लस आईपिएस डिस्प्ले राखेको छ। जसमा ५०० नीट्सको ब्राइटनेस रहेको छ। विशेषगरी लामो समयसम्म अनलाइन कक्षा वा गेम खेल्न चाहनेहरुका लागि ध्यानमा राखेर इन्फिनिक्सले स्मार्ट ६ फोनमा ५,००० एमएएचको शक्तिशाली ब्याट्री प्याक दिएको छ।

कम्पनीले  स्मार्ट ६ मोडलमा ८ मेगापिक्सेलको ड्यूल रियर क्यामरा सेटअपका साथमा फिंगरप्रिन्ट तथा फेस अनलकको सुबिधा दिएको छ। त्यसैगरी सेल्फीका लागि ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ। यसमा भिडियो कलका लागि फ्रन्ट फ्ल्याशलाइट समेत रहेको छ।

एन्ड्रोयड ११ मा आधारित एक्सओएस ७।६मा संचालन हुने यो स्मार्टफोनमा मिडियाटेक अक्टाकोर १.६गीगाहर्ज एमटीके हेलियो ए२२ चिपसेट राखिएको छ ।

यस बाहेक कनेक्टिभिटीको लागि फोनमा फोरजी, वाईफाई, जीपीएस, ब्लूटूथ ५.० भर्सन, यूएसबी र ३.५ एमएमको हेडफोन ज्याक राखिएको छ।

नेपाली बजारमा इन्फिनिक्स स्मार्ट ६ २जीबी र्याम र ३२ जीबी स्टोरेज अप्सनका साथमा उपलब्ध हुनेछ भने यसको बजार मूल्य १२,४९० तोकिएको छ।

easy care

प्रकाशित: ३० चैत्र २०७८, बुधबार

ताजा समाचार