प्रजातन्त्र दिवसको अवसरमा टेलिकमको भीओएलटीई निशुल्क, एमपोस रिचार्जमा डाटा बोनस

Technology Khabar ६ फाल्गुन २०७८, शुक्रबार

प्रजातन्त्र दिवसको अवसरमा टेलिकमको भीओएलटीई निशुल्क, एमपोस रिचार्जमा डाटा बोनस

काठमाडौं ।

नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा भीओएलटीई सेवा र एमपोस रिचार्जमा एक दिने अफर ल्याएको छ।

फागुन ७ गते मनाइने ७२औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले भ्वाइस ओभर एलटीई अर्थात भोल्टी (VoLTE) कल निशुल्क प्रदान गर्ने भएको छ भने एमपोस (MpoS) बाट गरिने रिचार्जमा डाटा बोनस उपलब्ध गराउने भएको छ।

सो अफर शनिवार एक दिनका लागि मात्र उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।

नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी सेवामा शनिवार कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क उपलब्ध हुनेछ।

साथै, सोही अवसरमा शनिवार फागुन ७ गते एमपोसबाट गरिने रु. २०० देखि रु. ४९९ सम्मको रिचार्जमा ५१२ एमबी डाटा र रु. ५०० वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा बोनसको रुपमा निःशुल्क उपलब्ध हुनेछ।

easy care

प्रकाशित: ६ फाल्गुन २०७८, शुक्रबार