ह्वावेद्वारा फाइभजी र्यान पोर्टफोलियोमा नेतृत्व कायम

Technology Khabar २७ माघ २०७८, बिहीबार

ह्वावेद्वारा फाइभजी र्यान पोर्टफोलियोमा नेतृत्व कायम

काठमाडौं ।

ह्वावेको फाइभजी र्यान (5G RAN) पोर्टफोलियो, ग्लोबलडाटाको हालैको २०२१ दोस्रो अर्धवार्षिक  (एच२ २०२१) रिपोर्ट फाइभजी र्यान: कम्पिटिटिभ ल्याण्डस्केप एसेसमेन्ट रिपोर्ट मूल्याङ्कनमा लगातार तेस्रो वर्षको लागि अग्रणी स्थानमा छ।

यो प्रतिवेदन प्रमुख र्यान विक्रेताहरूबाट फाइभजी र्यान उत्पादनहरूको प्रतिस्पर्धात्मक फाइदाहरूको मूल्याङ्कन गर्न प्रत्येक छ महिनामा जारी गरिन्छ।

२०२१ को दोस्रो अर्ध वार्षिक प्रतिवेदनमा, ह्वावेको उत्पादन पोर्टफोलियोले आफ्ना प्रतिस्पर्धीहरूलाई सबै चार मापदण्डहरूमा पछाडि पारेको छ। ती हुन् – रेडियो युनिट पोर्ट्फोलियो ब्रेडथ, बेस्ब्यन्ड युनिट् (BBU) क्यापासिटि, इज अफ इन्स्टलेसन, र टेक्नोलोजिकल इभोलुसन ।

रेडियो युनिट पोर्ट्फोलियो ब्रेडथको सन्दर्भमा, ह्वावेको रेडियो उत्पादन दायराले सर्वव्यापी ५जी गीगाबिट अनुभवहरूलाई धेरै सुविधा दिन्छ।

निरन्तरको नवीनता मार्फत, ह्वावेले विभिन्न परिदृश्यहरूमा प्रयोग गर्न र उद्योगलाई अगाडि बढाउन अनुमति दिने विभिन्न फाइदाहरू समेटेको छ।

मेटाएएयू (MetaAAU) ले कभरेज र ऊर्जा दक्षता दुवै सुधार गर्दछ। ब्लेढएएयू प्रो (BladeAAU Pro) सीमित एन्टेना भएको ठाउँमा ५जी डिप्लोयमेन्टलाई सरल बनाउँछ, ४०० एमएएच अल्ट्रा-वाइडब्यान्ड एएयूले अपरेटरहरूलाई फ्राग्मेन्टेड स्पेक्ट्रम प्रयोग गर्न र साझा मल्टी-अपरेटर नेटवर्कहरू निर्माण गर्न अनुमति दिन्छ, भने  सब ३ गीगाहर्ज ४टी ८टी म्यासिम एमआईएमओ (sub-3 GHz 4T-8T-Massive MIMO) बहु-एन्टेना अल्ट्रा-वाइडब्यान्ड उत्पादनहरूले लागत घटाउँदै स्पेक्ट्रल र ऊर्जा दक्षता सुधार गर्दछ।

यी सेवा तथा सुविधाहरुले नेटवर्क अपरेटरहरूलाई उनीहरूको नेटवर्कहरू अपग्रेड गर्न मद्दत गर्न सक्छ।

रिपोर्टका अनुसार, ह्वावेले विभिन्न परिदृश्यहरूमा ५जी कनेक्सनका लागि  रेडियो उत्पादनहरूको सबैभन्दा अधिक विविधता प्रदान गर्दछ।

रिपोर्टले यो पनि देखाउँछ कि ह्वावे बीबीयू५९०० ले बीबीयू क्षमताको हिसाबले सम्पुर्ण उद्योगलाई नै नेतृत्व गर्दछ, जसमा प्रति इकाइ भोल्युमको सबैभन्दा ठूलो संख्याको साथ, र उद्योग-अग्रणी ४०० एमएएच एमएमवेभ सेल क्षमताको साथ रहेको छ ।

ह्वावे बीबीयू५९००ले अपरेटरहरूको लगानीमा प्रतिफल र भविष्यको ट्राफिक वृद्धिसँग सामना गर्ने क्षमताको सुरक्षा गर्दछ।

त्यसैगरि, इज अफ इन्स्टलेसन अर्को मापदण्ड थियो जसमा कम्पनी अघिदेखिनै अग्रसर रही आएको छ ।  ह्वावेको ५जी र्यान पोर्टफोलियो पहिले नै इन्जिनियरिङ र स्थापनाको सन्दर्भमा धेरै अगाडि छ, जसमा हल्का तौलका उपकरणहरू र कम्प्याक्ट फोर्म फ्याक्टर्स सहित रहेको छ ।

यसबाहेक, ह्वावेले ५जी डिप्लोयमेन्टलाई सरल बनाउन विभिन्न प्रकारका नवीन समाधानहरू प्रदान गर्दछ। यसमा समावेश छ: एक १९ केजी ६४टी म्यासिम एमआईएमओ एएयू (19 kg 64T Massive MIMO AAU), जुन एक व्यक्तिद्वारा बोक्न र जडान गर्न सक्ने गरी हल्का छ; एक एक १० केजी ३२टी म्यासिम एमआईएमओ एएयू (10 kg 32T Massive MIMO AAU), जुन सडक क्षमता परिदृश्यमा सजिलै प्रयोग गर्न सकिन्छ; र एक सुपर ब्लेडसाइट, जसले यसको मोड्युलर डिजाइनको साथ ५जी डिप्लोयमेन्टलाई सरल बनाउँछ। यसले उपकरण कोठा र क्याबिनेटहरूको आवश्यकतालाई हटाउँछ।

प्राविधिक विकासको सन्दर्भमा, ह्वावेको आविष्कारहरू विभिन्न क्षेत्रहरूमा देख्न सकिन्छ। उदाहरणका लागि, यसको एडाप्टिभ हाई रिजोल्युसन (AHR) एल्गोरिदमले नेटवर्क क्षमता र प्रयोगकर्ता अनुभवलाई सुधार गर्छ, यसको सिंगलसेल समाधानले मध्य र कम-ब्यान्ड स्पेक्ट्रमको राम्रो प्रयोग गर्छ, क्लाउडएआईआर (CloudAIR) र सुपरब्यान्ड (SuperBAND) समाधानहरूले अपरेटरहरूका लागि ४जी र ५जी नेटवर्कहरू बीच कुशल समन्वयलाई सक्षम बनाउँछ, र पावरस्टार २.० (PowerStar 2.0) ले ऊर्जा दक्षता सुधार गर्दछ।

सफ्टवेयर नवप्रवर्तन पनि ह्वावेको लागि चासोको एक महत्वपूर्ण क्षेत्र हो। यसबाहेक, भविष्यमा ५जीको दिगो विकासलाई बढावा दिने उद्देश्यका साथ ५.५जीको लागि नयाँ दिशाहरू प्रस्ताव गर्ने ह्वावे पहिलो थियो।

ह्वावेले प्रयोगकर्ताको अनुभव र उद्योगको मागमा आफ्नो पूर्ण ध्यान केन्द्रित गर्न जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।

नवीनतम प्रविधि, र विश्वभरका साझेदारहरूसँगको संयोजनमा, ह्वावेले उपभोक्ता अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने र सबै उद्योगहरूमा डिजिटलाईजेसन ल्याउने आशा राखेको छ।

easy care

प्रकाशित: २७ माघ २०७८, बिहीबार

ताजा समाचार